एनआरएनए राष्ट्रिय समन्वय समिति फ्रान्सको तेह्रौं साधारण सभा सम्पन्न

फ्रान्स । गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय समिति फ्रान्सको तेह्रौं साधारण सभा यहि ७ अक्टुबर २०१८ मा पेरिस नजिकै लाकोर्नव सहरमा सम्पन्न भएको छ।

फ्रान्स स्थित नेपाली राजदुतावासकी महामहिम राजदुत अम्बिका देवी लुइंटेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सभापतित्व एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव नरेन्द्र शाहीले गरेका थिए।

अध्यक्ष एक बहादुर मल्लले सम्पूर्ण फ्रान्सबासी नेपालीलार्इ एकजुट भई अगाडी बढ्न आह्वान गरे। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हरिहर अर्याल, प्रमुख संरक्षक मुकुन्द अमात्य, निवर्तमान अध्यक्ष प्रमुख सल्लाहकार तथा प्रवासी नेपाली एकता मञ्च फ्रान्सका संयोजक भक्त वाग्ले, भूपु अध्यक्ष घनश्याम पौडेलले आ–आफनो मन्तब्य राख्दै सफलताको शुभकामना दिएका थिए।

एनआरएन फ्रान्सका आइसीसी सदस्य सुवर्ण बिक्रम हमालले एनसीसी कामहरु प्रशंसनीय रहेको बताए। कार्यक्रममा उपस्थित मेजों कल्चर फ्रान्सका अध्यक्ष हेमन्त उपाध्याय, एकता समाज फ्रान्सका अध्यक्ष प्रमोद पाण्डे, गोर्खा समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्री, जन सम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले एनआरएनए फ्रान्सले सबै संघसंस्थाहरुलाई समेट्दै र हातेमालो गर्दै अगाडी बढनेछ भन्ने चाहना रहेको बताए।

साधारण सभामा संस्थाका संस्थापक, संरक्षक, तथा सल्लाहकारहरूलाई सम्मान तथा मनोनयन पत्र प्रदान गरिएको थियो। रक्तदान कार्यक्रमका दाताहरु, एनआरएनए फ्रान्सका खेलाडीहरु र कलाकारहरुलाई प्रमाणपत्र वितरण गरी सम्मान गरिएको थियो।

अध्यक्ष मल्लले आफनो कार्यकालको पहिलो वर्षमा भएको प्रगति विवरण र भविष्यका योजना प्रस्तुत गरेका थिए। उनले संस्थालार्इ राजनीतिबाट टाढा राख्दै आर्थिक पारदर्शिता राख्न आफू सधै प्रतिबद्द रहने बताए। संस्थाका कोषाध्यक्ष मिन कुमार श्रेष्ठले आफ्नो कार्यकालको आर्थिक आय व्ययको संछिप्त विवरण पेश गरे।

अन्त्यमा अध्यक्ष एक बहादुर मल्लले कार्यक्रममा उपस्थित भइ संस्थाको गतिविधिहरुमा चाँसो र सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं आगामी दिनहरुमा एनआरएनए अझै सशक्त र प्रभावकारी तरिकाले कामहरु गर्दै जाने र त्यसको लागि सबै फ्रान्सबासी नेपालीहरुको सहयोग र सद्द्भाव को अपेछा राखेको बताउँदै कार्यक्रमको समापन गरेका थिए। प्रकाश सापकोटा

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..