प्रा.मोहनराज शर्मालाई ‘घटराज पुरस्कार’

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि अनवरत समर्पित रहँदै भाषा, आख्यान, समालोचना, निबन्ध र नाटक लेखनका क्षेत्रमा विशिष्ट योगदान गरी देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदानका निम्ति प्रा.मोहनराज शर्मालाई ‘घटराज पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यस पुरस्कारको राशि पचास हजार रूपियाँ रहेको छ ।

घटराज भट्टराई स्मारक कोषका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

अमर प्राज्ञ घटराज भट्टराईको ७७ औं जयन्तीका अवसरमा आगामी मङ्सिर १० गते काठमाडौंमा ‘घटराज पुरस्कार’ समर्पण गरिने भएको छ ।

हालसम्म शिव रेग्मी, कविता पौडेल, प्रा.डा.केशवप्रसाद उपाध्याय, प्रा.डा.गार्गी शर्मा, तेजेश्वरबाबु ग्वाङ्गलाई ‘घटराज पुरस्कार’ समर्पण गरिसकिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..