नरभक्षी महिला मानिसको मासु खान्थिन् अनि अंगको बनाउँथिन अचार

मेक्सिको सिटी प्रहरीले मंगलबार २० महिलाको हत्या गरेको अभियोगमा एक जोडीलाई नियन्त्रणमा लिएको छ। उनीहरुबाट मानव अंगसमेत बरामद गरिएको छ।  ती मानव अंग उनीहरुको घरको फ्रिज र दराजमा राखिएको थियो। यो घटनाले रुसकी ती भयंकर महिलाको सम्झना दिलाउँछ जो मानिसलाई हत्या गरेर उनीहरको मासु खान्थिइन्। कयौं दिनसम्म उनी मानिसको मासु घरको फ्रिजमा समेत राख्थिन्। त्यतिमात्रै होइन उनी मानिसको मासुको अचार पनि बनाउँथिइन्।

दिमित्री बाकशाएव र उनकी पत्नी नतालिया रुसको क्रसनोदर शहरमा बस्थे। र उनीहरु दुवै नरभक्षी थिए। शंकाको आधारमा उनीहरु दुवैलाई पक्राउ गरिएको थियो। जब उनीहरुको घरको खानतलासी गरियो तब ८ जनाको शरीरको अंग फेला पर्यो। दुवैले मानिसको मासुको अचार बनाएर राखेका थिए। जब ल्याबमा अचारको जाँच भयो तब यो खुलासा भएको थियो। नतालिया पेशाले नर्श थिइन् र उनलाई मानिसको मासु फेला पार्न समस्या थिएन।

वर्षौं पहिला दजेरजिंस्कोगो स्ट्रीटबाट एक महिला हराएको उजुरी प्रहरीमा परेको थियो। योबीचमा अन्य धेरै मानिस हराएको सार्वजनिक भएको थियो। धेरै दिनको जाँचपछि दिमित्री र नतालिया शंकाको घेरामा आए। प्रहरीले उनीहरुको घरमा छापा मार्यो। उनको घरको फ्रिजमा मानिसको मासु फेला पर्यो। अदालतमा आफूलाई निर्दोश देखाउन नतालियाले आफूले उनीहरुलाई नमारेको बयान दिइन्। तर उनी आफ्नो श्रीमानको सहयोगमा मृत शरीर घरमा ल्याउँथिन ताकि आफू त्यसमाथि प्राक्टिस गर्न सकौं।

प्रहरीले उनीहरुलो कयौं मानिसको हत्या गरेको भन्दै उनीहरुलाई नरभक्षीको संज्ञा दिँदै पक्राउ गर्यो। जब उनीहरुलाई अदालतमा पेश गरियो तब उनीहरुले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गरेका थिए।  प्रहरीको छानविनपछि उनीहरुले आफूले ३० जनाको अ
हत्या गरेको स्वीकार गरेका थिए। उनीहरु दुवैलाई जन्म कैदको सजाय सुनाइएको थियो।

रुसमा २० महिलाको हत्यापछि मेक्सिको सिटी प्रहरीले एक जोडीलाई नियन्त्रणमा लिएको छ। उनीहरुबाट मानव शरीरका अंग बरामद गरिएको छ। प्रहरीले सो शहरमा २० महिलाको हत्यारालाई खोजिरहेको थियो। जब हत्यारालाई पक्राउ गरियो तब उनीहरुले १० नभएर २० महिलाको हत्या गरेको स्वीकार गरे। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..