हनिमुन मनाउन गएका जोडी राती रक्सीको तालमा सन्किए, बिहान उठ्दा आफैं जिल्ल

एजेन्सी। बेलायतको एक जोडी हविवाहपछि हनिमुन मनाउन श्रीलंका गएका थिए । यहाँ नशाको तालमा उनीहरुले यस्तो काम गरे कि यो उनीहरुको जीवनकै सबैभन्दा महत्वपूर्ण घटना बनेको छ । अत्याधिक मदिरा पिएपछि उनीहरुले राती त्यो होटल नै किने जुन होटलमा उनीहरु बसेका थिए । भोलिपल्ट उठ्दा जब नशाले छोड्यो त्यसपछि बल्ल उनीहरुलाई होस आयो कि हजारौं किलोमिटर टाढा पराइ देशमा उनीहरुले कति ठूलो गल्ती गरे । तर, उनीहरुले आफ्नो फैसला बदलेनन् । अहिले उनीहरु बेलायतमै बसेर श्रीलंकामा होटल चलाइरहेका छन् । खास कुरा के भने उनीहरुले होटलको कामको लागि जो कामदार राखे त्यसबाट स्थानीय अपांगहरुले रोजगारी पाए ।

लण्डनमा बस्ने टिभी प्रोड्युसर गिना लायन्स र उनका पति निर्देशक मार्क ली बिहेपछि हनिमुनको लागि श्रीलंकाको तांगाले गएका थिए । एक दिन होटलमा बसेर उनीहरु पिउँदै थिए । उनीहरुले पहिलेदेखि नै आफ्नो होटल चलाउने सोचिरहेका थिए र त्यस रात पनि उनीहरु यही विषयमा कुरा गर्दै थिए । नशामा कुरा गर्दै जाँदा उनीहरुले त्यही होटल किन्ने र त्यसलाई व्यवस्थित बनाउने विषयमा छलफल गरे । यसबारेमा उनीहरुले होटल मालिकसँग कुरा गर्दा मालिकले पनि यो होटल बेच्ने तयारी गरिरहेको बताएपछि उनीहरुले रातमा नै होटलको डिल फाइनल गरेर होटल किने ।

उनीहरुले नशाको तालमै एक जनालाई होटलको फ्रन्ट अफ हाउस म्यानेजर र अर्की एक महिलालाई होटल म्यानेजरको जागिर दिए । ती महिला त्यतिबेलासम्म अर्को होटलमा यानेजर थिइन् । भोलिपल्ट होस आएपछि उनीहरु चिन्तित भए । उनीहरुले नशाको तालमा अन्जान देशमा होटल किनिसकेका थिए । यद्यपि उनीहरुले फैसला बदलेनन् र लण्डनमै बसेर होटल चलाउने फैसला गरे । त्यसपछि उनीहरु जून २०१८ मा दोस्रोपटक श्रीलंका गए । इसुरु र मिलिण्डा (जसलाई उनीहरुले नशाको तालमा जागिर दिएका थिए) ले होटल चलाइरहेका थिए । अततः उनीहरु श्रीलंका गएर होटलको मर्मत गरे । जुलाइमा उनीहरुको चिटिक्कको ७ बेडरुमसहितको होटल बन्यो । अहिले उनीहरु लण्डनमै बसेर होटलको काम हेर्छन् । श्रीलंकामा इसुरु र मिलिंडाको नेतृत्वमा टिम छ जसले होटल चलाइरहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..