
एजेन्सी।विश्वका कतिपय मुलुक अझै गरिबीको चपेटामा गुज्रिरहेका छन् तर कति मुलुकहरु अत्याधुनिक हतियार बनाउँदै आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् । आज हामी यस्ता शक्तिशाली हतियारको बारेमा जानकारी गराउँदै छौँ । जसमा संसारलाई ध्वस्त पार्ने शक्ति छ ।
१.M51 – SLBM(फ्रान्स)
यसलाई फ्रान्सको सबैभन्दा शक्तिशाली मिसाइल मानिन्छ । यसको मार क्षमता ११ हजार कि.मि. रहेको छ । यसको भित्री भागमा सुपर कम्प्युटर र नेभिगेशनल सिस्टम राखिएको छ । जसले आफ्नो लक्ष्यमा मार लगाउँछ ।
२.DF-31/31A – ICBM(चीन)
यसको वास्तविक नाम डान्ग फंैग ३१ हो । सन् २००६ मा चिनले यसलाई आफ्नो सेनामा सामेल गरेको हो । यसको मार क्षमता ८ हजार किलोमीटर छ । यसको एडभान्स भर्सनको मार क्षमता ११ हजार किलोमीटर रहेको छ ।
३.RT-2UTTKh Topol-M – ICBM(रूस)
यसलाई रसियन आर्मीमा १९९७ मा सामेल गरिएको छ । यसलाई को नामले पनि बोलाईन्छ । यसको मार क्षमता १०,५०० कि.मी. रहेको छ ।
४. RS-24 Yars – ICBM(रूस)
यो मिसाइलको निर्माण अमेरिकाका राष्ट्रपछि जर्ज डब्लु बुसले अमेरिाकामा बनाएको मिसाइलको जवाफमा बनाईएको थियो । यसको विशेषता भनेको यसले आफ्नो दिशा बदल्न सक्छ । यसले ११ कि.मी. सम्म मार हान्न सक्छ ।
५.LGM-30G Minuteman III – ICBM ( USA )
यो प्रकृतिको २ वटा मिसाईल १९६२ र १९६५ मा बनेको छ । यसको विषेशता भनेको हावाको जस्तोसुकै अवरोध पनि पार गरेर विष्फोट हुन्छ । यसको मार क्षमता १३ हजार कि.मी. रहेको छ ।
६.RSM-56 Bulava – SLBM(रूस)
यो मिसाइल २०१३ मा बनेको हो । यसको डिजाइन इन्स्टिच्युट अफ थर्मल टेक्नोलोजी रसियाले बनाएको हो । यसको मार क्षमता साढे ८ हजार कि.मी. रहेको छ ।
७.R29RMU2 Layner – SLBM(रूस)
यसलाई २०१४ मा रशियन डिफेन्स यूनिटमा सामेल गरिएको छ । यसले एक पटकमा १२ वटा लक्ष्यमा मार हान्न सक्छ । यसको मार क्षमता ११ हजार कि.मी. रहेको छ ।
८. UGM-133 Trident II – SLBM (USA/UK)
यो मिसाइल बनाउन युके र अमेरिकाको फोर्स सामेल गरिएको थियो । यसले एकैपटकमा १४ वटा लक्ष्यमा मार हान्न सक्छ । यसको मार क्षमता ८ हजार देखि ११ हजार कि.मी. सम्म रहेको छ ।
९.DF-5/5A – ICBM(चीन)
यसले पलभरमै पुरै शहरलाई खत्तम बनाउन सक्छ । यसको मार क्षमता १२ हजार कि.मी. रहेको छ ।
१०. R-36M2 – ICBM (रूस)
यसलाई नाटो द्वारा SS -18 Satan नामले पनि बोलाईन्छ । यसले एकै समयमा २० देखि २५ वटा लक्ष्यमा मार हान्न सक्छ । यसको मार क्षमता ११ हजार कि.मी. रहेको छ ।