सामाजिक संजालमा विरोध : बच्चाका अगाडि त अंग प्रदर्शन नगर्नु

बलिउड अभिनेत्री एली अवरामको एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ। भिडियोमा एली मुम्बइको एक स्कुल परिसरमा देखिएकी छन्। एली आफ्नो कारमा बसेर स्कुलमा बालबालिकालाई अटोग्राफ दिइरहेकी छन्। एलीसँग अटोग्राफ लिन बालकालिकाको लामो लाइन नै लागेको थियो।

स्कुलमा विद्यार्थीलाई मोबाइल लैजान प्रतिबन्ध लगाइएको हुन्छ। विद्यार्थीले एलीलाई देखेपछि सेल्फी लिन नपाएपनि अटोग्राफ नै भए पनि लिने सोच बनाएर लाइन लागेर अटोग्राफ लिए।

सामाजिक संजालमा भाइरल यो भिडियोको आलोचना पनि भएको छ। सामाजिक संजाल प्रयोगकताले एलीको पोशाकलाई लिएर आलोचना गरेका हुन्। ‘कमसे कम बच्चाका अगाडि त अंग प्रदर्शन नगर्नू,’ एकजना योजर्सले कमेन्ट गरेका छन्। एली अवराम चाँडै सैल अली खानको फिल्म बजारमा देखिने भएकी छन्। यो फिल्म २६ अक्टोबरमा रिलीज हुने भएको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..