कुकुर डुलाउन जाँदा एक करोड डलर फेलापरेपछि….

अमेरिकाको क्यालिफोर्नियामा एक दम्पत्ति जब हरेक दिनजस्तै कुकुर डुलाउन गए तब उनीहरुको खुट्टामा केही भारी वस्तु ठोक्कियो । यो ठक्कर आधुनिक युगको विशाल खजानाको थियो । त्यहाँ एउटा रुखको फेदमा सुनको सिक्का दबेको थियो ।

पञ्चतन्त्रको कथाजस्तै लाग्ने यो कथा वास्तविक हो । सुन विल्कुलै असली हो । यसको मूल्य एक करोड डलर अर्थात एक अर्ब नेपाली रुपैयाँ बराबर हो । दम्पत्तिले सिक्का गन्दा १ हजार ४ सय २७ वटा निस्कियो । १८४७ देखि १८९४ बिचका सिक्का थिए । क्यालिफोर्नियाको ग्रेडिङ गर्ने पेशेवर कम्पनी सान्ता आनाका संस्थापक डेभिड हलले यो सिक्कालाई असली करार दिए । यद्यपि सुनको मात्राको हिसावमा यसको मूल्य २८ हजार डलर हुन्छ । तर केही सिक्का यति दुर्लभ छन् कि यसबाट एक करोड डलरसम्म कमाई हुन सक्ने बताइएको छ।

यो दम्पत्तिको प्रतिनिधित्व गर्नेले सिक्काको संग्रहकर्ता डान कैगिनले भने–‘म कुनै कुराको बारेमा यो भन्न चाहँदिन कि जीवनमा एकपटक, तर यसरी धातु, यस्तो खजाना, तपाईले सधैं पाउनु हुन्न ।’ यद्यपि उनले यो पति पत्नीको पहिचान बताएनन् किनभने उनीहरुलाई खतरा हुन सक्ने उनको भनाइ छ। कैगिनको परिवार ८१ वर्षदेखि सिक्का संग्रह गर्दै आएको छ। उनले यति अवश्य बताए कि सिक्का फेला पार्ने दम्पत्तिको उमेर मध्यम वर्गको छ । स्पष्ट छ उनीहरुसँग कम्तीमा एउटा कुकुर पनि छ ।

उनीहरु फेला परेको सिक्का अमेजन डट कममार्फत बेच्न चाहन्छन् । यद्यपि केही सिक्का उनी निशानीका रुपमा आफैसँग राख्न चाहन्छन् । कैगिनका अनुसार आमरुपमा उनीहरु पैसाबाट आफ्नो विल तिर्ने छन् । केही पैसा गुपचुप दान दिने योजना पनि छ । यो दम्पत्तिले जहाँ सिक्का पाए, त्यो उनीहरु स्वयमको जग्गा थियो । कसैलाई थाहा छैन कि सिक्का त्यहाँ कस्ले राख्यो । कैगिनका साथ काम गर्ने सिक्का विशेषज्ञ डेभिड मैकार्थीका अनुसार यो सिक्का बहुमूल्य छन् । किनभने यसमध्ये अधिकांश बिल्कुलै राम्रो अवस्थामा छन् । अमेरिकामा १८७० अघि कागजको मुद्रा गैरकानुनी थियो।

मैकार्थीका अनुसार ५, १० र २० डलरको सिक्कालाई सम्हालेर राखिएको छ । अर्थात ५ वाला एकसाथ, १० वाला एक साथ । त्यो पनि जतनका साथ कि १८४० देखि १८५० का सिक्कालाई एक ठाउँमा राखिएको छ। जब यो भरियो दोस्रो खोलियो । यो कुराबाट अन्दाजा लगाउन सकिन्छ कि हुन सक्छ कि यो राख्नेले बैंकमा काम गरेको हुनुपर्छ । अधिकांश सिक्का सन फ्रान्सिस्कोको छ तर पाँचको सिक्का टाढाको राज्य जर्जियाबाट आएको छ।

जुन स्थानमा यो सिम्का भेटियो, त्यहाँ यो दम्पत्ति वर्षौसम्म वाक गर्दै आएका थिए । एक दिन महिलाले त्यहाँ धातुको कुनै वस्तु देखिन्, जुन माटो खन्दा बाहिर आएको थियो । उनले निहुरिएर हेरिन् तब यो खजाना निस्कियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..