सुन्धारामा खुल्यो सिटीसी मोबाइल हब, दशैं धमाकामा ६० प्रतिशतसम्म छुट

काठमाडौ । राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर यथेष्ट मात्रामा निशुल्क पार्किङसहित राजधानीको सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणासहित एक कार्यक्रमका बिच बिहीबार सिटीसी मोबाइल हबको औपचारिक सुरुवात गरिएको हो ।

मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनीदिने लक्ष्यसहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिति जनाएको हो । नयाँ मोवाइल गन्तव्यका रुपमा लिइएको मोबाइल हबले भारी छुटसहित मोबाइल मेला सुरु गरेको हो ।

असोज ३१ गतेसम्म सञ्चालन हुने दशैधकासाथै अफरभित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने छन । शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हातखाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोला प्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण गरिनेछ ।

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध हुनेछ ।

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांश ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हबमा उचित गन्तव्य बन्ने छ ।

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भिस सेण्टर मोबाइल हबमा छन् । नेपालमै पहिलो पटक फरक अवधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..