निलम कार्की ‘निहारिका’को ‘योगमाया’ उपन्यासलाई मदन पुरस्कार प्रदान

काठमाडौं । यो वर्षको मदन पुरस्कार ‘योगमाया उपन्यास’लाई प्रदान गरिएको छ।

बिहिबार औपचारिक कार्यक्रम गरी मदन पुरस्कार गुठीले योगमाया उपन्यासको लेखिका  नीलम कार्की निहारिकालाई दिएको हो। गुठीले २०७४ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट मदन पुरस्कारका लागि योगमाया उपन्यास छनोट गरेको थियो।

यस्तै २०७४ सालको जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिएको छ। साहित्यकार मानन्धर बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा ५ दशकदेखि लेख्दै आएका थिए।

मदन पुरस्कार गुठीले पुरस्कार दिने वर्ष भरि प्रकाशित भएका पुस्तकहरु मध्यबाट छानेर पुरस्कार प्रदान गर्ने गर्दछ। २०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो । दुवै पुरस्कारको राशी २ लाख रहेको छ।

वि.सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..