गैरआवासीय नेपाली संघले काठमाडौंमा विज्ञ सम्मेलन गर्ने, यस्ता छन् उद्देश्य

एनआरएनए

काठमाडौ । गैरआवासीय नेपाली संघले काठमाडौंमा विज्ञ सम्मेलन गर्ने भएको छ । गैरआवासीय नेपाली दिवस तथा साधारणसभाको अवसरमा संघले काठमाडौंमा आज विज्ञ सम्मेलन गर्न लागेको हो ।

पर्सीसम्म चल्ने सम्मेलनमा नेपाल र गैरआवासीय क्षेत्रका विज्ञहरु सहभागी हुनेछन् । नेपाललाई समृद्ध बनाउनका लागि सम्मेलन गर्न लागेको संघले जनाएको छ । सम्मेलनमा ३ सय ५० विज्ञ सहभागी हुनेछन ।

सम्मेलनको क्रममा १ सय ६० वटा कार्यपत्र प्रस्तुत हुनेछ । १९ सत्रमा प्रस्तुत गरिने १ सय ६० कार्यपत्रमा १० विदेशीसहित ८० जनाले टिप्पणी गर्नेछन् । सम्मेलनमा प्रस्तुत हुने डेढ सय जति कार्यपत्रहरूमध्ये धेरैजसो स्वदेशी सरोकारका खाद्य, वातावरण, ऊर्जा, यातायात, सूचना प्रविधिमा केन्द्रित रहनेछन् ।

एनआरएनएले देशको समृद्धिका लागि अब संसारभरि छरिएर रहेका नेपालीको ज्ञान र सीपलाई समेत उत्तिकै प्राथमिकताका साथ ल्याउने रणनीति बनाएको बताएको छ।यसको पहिलो कदमका रूपमा आजदेखि काठमाडौमा तीन दिने एनआरएन ग्लोबल नलेज कन्भेन्शन आयोजना गर्न लागिएको र त्यसले देशबाहिर रहेर विभिन्न विधामा विद्वता हासिल गरेका नेपालीहरूको पहिचान गर्ने काम सुरु हुने संघको भनाइ छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..