चाडपर्वको अप्रिय बिछोडमा प्रदेशी नेपालीहरु, प्रदेशमा यसरी मनाउँदै छन दशैं

“घर जान त पाइएन तर हामीले याहा पनि घटनास्थपनाको दिनबाट जमरा राखेका छौ, दशैको दिन आफुभन्दा ठुलाबाट टीका ग्रहण गरेर घर जान नै नपाएतापनी यसपाली रमाइलो गरेर मनाउने सोचिरहेका छौ ।” युएइको जावेलअली क्याम्पमा बस्ने पर्बतका मुक्ती प्रसाद देबकोटाको मात्र यो योजना हैन कोठामा बस्ने सबै जनाले रमाइलो गर्ने सोचिरहेका छन ।

उन्कै कोठामा बस्ने इटहरीका रामजी मगर घर गएर दशै मनाउन नपाएको ५ बर्ष भयो । हरेक बर्ष सबैसँग रमाइलो गरेर भएपनी परिवारिक सम्झनालाइ भुलाउने गरेको छु ” उन्ले भने ।  आफ्ना चाडपर्बहरु आउदा बडो दुख लाग्ने बताउदै उनी भन्छन ” के गर्ने स्वदेशको जस्तै धुमधामसग मनाउन मन लाग्छ तर यहाँ मुस्लिम देश भएकाले पनि आफ्नै फरक सस्कार छ त्यसैले आफ्ना धार्मिक क्रियाकलाप गर्दा समेत उक्त देशको कानुनलाई ध्यान दिनु दिनुपर्छ ।”

त्यसो त दशौ बर्षसम्म दशैको समयमा घर नै जान नपाएकाहरु पनि धेरै छन । अली भाबुक हुँदै रामेछापका रामकुमार तमाङ्गले भने “हरेक बर्ष दशैको बेला नै छुट्टी हाल्ने गर्छु तर दुर्भाग्य छुट्टी पास नै हुदैन, अहिलेसम्म दशै मनाउन नपाएको ८ बर्ष भएछ । घरमा जसरी नै आइज भनेर हरेक बर्षको दशैमा भन्ने गर्छन अब जे भएपनी यो बर्ष चै फाइनाली जाने तयारी गरिरहेको छु, त्यसैले परिवारसँग बसेर धुमधाम मनाउने सोचेको छु ।”

घर नै जान नपाउने तामाङ्गमात्र एक्ला भने पक्कै  हैनन उनी जस्तै बाध्यतामा पलायन भएका धेरै नेपाली छन । स्वदेशमा बढ्दो बेरोजगारी र निरासाजनक राजनैतिक बाताबरणले पलायन भएका कतिपय नेपालीहरु त बर्षौसम्म प्रदेशमा नै बस्नुपर्ने बाध्यता छ । घरमा भबितब्य आइपर्दा पनि इमर्जेन्सी छुट्टी नै नपाउने, कम्पनीमा रिजाइन गरेपछी मात्र घर जान पाउने जस्ता बाध्यताले प्रदेश कतिपयको लागी जेल जस्तै समेत बनेको छ ।

यस्तै झापाका दिनेश दाहालले दशै-तिहार मनाउन नपाएको १० बर्ष भयो । यो बिचमा कति बुढा भएका मान्यजनहरुको मृत्यु समेत भैसक्यो । तर पनी छुट्टीकै समस्याले हरेक बर्ष दशैमा घर गएर मनाउने सपना दाहालको यसपाली पनि पूरा हुन सकेन । उन्ले भने :” के गर्ने मेरो मात्र यो समस्या हैन, चित्त बुझाउनै पर्ने रहेछ त्यैपनी हामी कोठामा नै बिधिपुर्बक मनाउदै आएका छौ यसपाली पनि निरन्तरता दिनेछौ ।”

दाहालकै कोठामा बस्ने स्याङ्जाका उन्का साथी नवीन घर्तीमगरले पनि यसपाली घर जान नपाएको गुनासो सुनाए । “अघिल्लो बर्ष कम्पनीमा हरेक बहाना बनाएर घर गएको थिए तर यसपाली मिलेन । तर पनि कोठामा आफुले आदर सत्कार गर्ने मान्यजन हुनुहुन्छ वाहाहरुबाट टीका लगाएर चित्त बुझाउने योजना छ ।”

दाहालको र घर्तिमगरको कोठामा सगै बस्ने अली उमेरले झापा मात्रीका चापागाइ छन । उनैबाट हरेक बर्ष सबैले टीका ग्रहण गर्ने गरेका छन । उनिहरुले मात्रीकाको नै आग्रहमा घटनास्थपनाको दिनबाट जमारा पनि राखीसकेका छन ।

दाहाल, घर्तीमगर र मात्रीका त एकले अर्कोलाइ टीका लगाइदिएर प्रदेशमा चाडपर्बको खल्लो सन्तुष्टी लिने प्रतिनिधि पात्र मात्र हुन । स्वदेशको दुर्दशा, परिवारीक भबिष्य, देशमा बढ्दो भ्रष्टाचार, हत्याहिंसा जस्ता अप्रीय घटनाहरुको कारणले आर्थिक स्थिति मजबुत बनाउन प्रदेश पलायन भएका हरेक नेपालीहरुको बास्तबिकता उनिहरुको जस्तै छ ।

जाबेलअली क्याम्पमा नै बस्ने पर्बतका राजन मगरले आफुले साइन्समा डिप्लोमा गरेको प्रमाणपत्र देखाउदै भने -“स्वदेशमा ह्वात्तै देखाइने सपनाहरुले कहिले त घरमा नै जाउ भन्ने पनि लाग्छ तर कामभन्दा पनि बोलेर जन्तालाइ झुक्याउदै आएका नेताहरुको जब चरित्रहरु छताछुल्ल हुन्छ तब बडो दुख लागेर आउँछ ।”

” केही बर्ष अगाडीमात्र मलेसियामा काम गर्ने कोरियनहरु नेपाल जस्ता कयौ देशबाट कामदारहरु लैजान्छन । लगभग २० बर्षको अबधिमा कोरियाले बिश्वकै नमुना प्रगती गर्‍यो । त्याहाका जन्ताले आज आफ्ना परिवारसँग बसेर चाडपर्ब मनाउछन अर्थात उनिहरुलाइ कामको लागी कतै जानू पर्दैन तर हामी नेपालीको यो दुर्भाग्य कति पुस्ताले भोग्नु पर्ने हो थाहा नै छैन ।” उन्ले भने ।

नेपाल सरकारले प्रदेशमा श्रम पोखिरहेका लाखौ नेपालीहरुको चाडपर्ब मनाउन नपाउने अप्रीय बिछोडलाइ पूरा गर्न देशभित्र रहेका प्रचुर समभावना खोजेर प्रयोग गर्न सकेमा देशको पनि उन्नती हुन सक्छ अनि ब्यक्तीको पनि । विशाल बस्नेत/युएइ

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..