शरीरमा भूत छ भन्दै यी युवकले जे गरे, पत्याउै गाह्रो

भारतको राजस्थानको राजधानी जयपुरमा एक सोच्नै नसकिने अपराध भएको छ । जहाँ एक व्यक्तिले भूत भगाउने नाममा एक घरमा घुसेर सात वर्षीया अबोध बालकको घाँटी रटेको छ ।

प्रहरीले आरोपीलाई गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यममा जनाएका छन् ।

यो विभत्स अपराध जयपुरको आदर्श नगर ठानाबाट करिब ५० मिटरको दुरीमा भएको हो । यहाँ आर्य समाजका माथिल्ला जाति र श्रवणको बस्ती छ । ३ दिन पहिला उनका भाञ्ज ७ वर्षीय आदित्य जयपुर उनको घरमा आएका थिए । शुक्रबार दिउँसो आदित्य  घरको छतमा खेलिरहेको थियो ।

ठिक त्यसै समय २८ वर्षीय युवक एश्ले लोरेन्स जबरजस्ती श्रवणको घरमा घुस्यो । त्यो बेला घरमा आदित्य र उसकी माईजु सरितामात्र थिए ।

घरमा घुस्नासाथ सो युवकले आफू भित्र भुत रहेको भन्दै यसलाई कसले निकाल्छ भनेर सोधेको थियो । यो सुनेर श्रवणकी श्रीमती डराइन् ।

र उनले आफ्नो घरा यस्तो काम कसैले नगर्ने भन्दै मन्दिरमा जान सुझाव दिइन् । एश्ले लोरेन्सले आफ्नो शिरमा खुन सवार भएको भनेपछि सरिता डराइन् । किनकी उनीसँगै उनकी सानी छोरी पनि थिइन् ।

त्यसैले उनी बच्नका लागि वाथरुम भित्र गइन् । तर आदित्य बाहिरै रह्यो । यसपछि लोरेन्स किचनमा गयो र चक्कु ल्यायो । अनि आदित्यको हत्या गर्यो ।

यो विभत्स अपराध गरेपछि आरोपी भाग्ने प्रयासमासमेत लागेको समाचारमा जनाइएको छ । तर त्यहाँ रहेका स्थानीयले उसलाई नियन्त्रणमा लिए । यति बेलासम्म त्यहाँ प्रहरी पनि पुग्यो र गिरफ्तार गर्यो ।

समाचारअनुसार लोरेन्स हरियाणाको रेवाडीको हो । आफ्ना बाबुका साथ उपचारका लागि उ शुक्रबार जयपुर पुगेको थियो । हत्या आरोपी सो युवकका साथबाट प्रहरीले राहदानीसमेत फेला पारेको छ ।

उसले विभिन्न देशको भ्रमणसमेत गरेको खुलेको छ । उसको हुलिया पनि अनौठो रहेको प्रहरीले जनाएको छ । उसको बाबुले उ मानशिक रोगी रहेको बताए पनि प्रहरीले त्यस्तो कुनै लक्षण नभेटिएको जनाएको छ । प्रहरीले घटनबारे थप अनुसन्धान गरिरहेको छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..