दसैं बजार अचाक्ली महँगी, सर्वसाधारणलाई दसैं दशा बन्दै

काठमाडौ । माग र बिक्री बढन् मौकाको फाइदा उठाउँदै व्यवसायीले दसैंमा खाद्यान्न, लत्ताकपडालगायत उपभोग्य वस्तुको मूल्य बढाएका छन्।

अहिले सबै क्षेत्रमा कम्तीमा १५ प्रतितले मूल्य बढेको सरोकारवाला बताउँछन्। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले १५ प्रतिशत मूल्यवृद्धि हुँदा पनि सरकार मौन बसेर ‘उपहार’ दिइको बताए। सरकारले यातायातको सिन्डिकेट तोडेको दाबी गरे गरे पनि १० प्रतिशत भाडा वृद्धि भएको छ।

व्यवसायीहरुले आपूर्ति विभागमा पठाएको विवरणअनुसार डेढ महिना अवधिमा बामती चामल प्रतिकिलो पाँच रुपैयाँ, आँटा प्रतिकिलो सात, मैदा पाँच, सुजी १०, ताइचिन चिउरा पाँच रुपैयाँ बढेको छ।

यस्तै, चना मसला प्रतिकिलो पाँच, केराउ पाँच, तोरी तेल १०, भटमास तेल पाँच् र सनफ्लावर तेलमा पाँच रुपैयाँ बढेको छ। कान्तिपुर दैनिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..