एउटी जापानी पोर्नस्टर, जसले लाखौ चिनियाँ युवालाई यसरी सेक्स सिकाइन्

जब जापानी अभिनेत्री तथा पूर्व पोर्नस्टा सोरा ओईले इन्टरनेटमा आफ्नो विवाहको घोषणा गरिन् चीनको सामाजिक संजालमा हंगामाको अवस्था सिर्जना भयो । यसको कारण पनि छ । सोरा ओईले इन्टरनेटमा सक्रिय चिनिया युवाहरुको जीवनमा आश्चर्यजनक रुपमा एउटा महत्वपूर्ण भूमिका छ ।

नयाँ वर्षको पहिलो दिन सोरा ओईले सामाजिक सञ्जालमा आफ्नो सगाईको तस्वीर पोस्ट गरिन् र संसारभर रहका आफ्नो शुभेच्छुकहलाई खुसीको खबर सुनाइन् । केही घण्टा मात्र बितेको थियो कि चीनको सामाजिक सञ्जाल प्लेटफर्म वीभोमा उनको पोस्टमा १७०,००० भन्दा बढी कमेन्ट र ८३०,००० भन्दा बढी लाइक्स प्राप्त भयो । उनलाई मन पराउने एक जनाले लेखे–हामी तपाईको चलचित्र हेर्दै हुक्र्यौ । हामी सधैजस्तै तपाईको समर्थन गर्नेछौ ।

वीबोमा अर्का एक जनाले लेखे–तपाई सधैं हाम्रा लागि देवीजस्तै रहनुहुनेछ । हामी तपाईको खुसीको कामना गरिरहेका छौ ।

टिचर सोरा ओई

त्यो सन् २००० को दशकको सुरुवाती समय थियो जब सोरा ओईले पोर्नोग्राफीमा आफ्नो करिअर सुरुवात गरिन् । एक अनुमानका अनुसार सोरा ओईले ९० भन्दा बढी त्यस्ता चलचित्रमा काम गरिन् जुन विशेषगर बयस्कका लागि बनाइएको थियो । सन् २००३ देखि २००५ का बिचमा करिब हरेक महिना उनको कुनै न कुनै नयाँ चलचित्र रिलिज भयो ।

चीनमा पोर्नोग्राफीमाथि प्रतिबन्ध छ । तर, यसका बावजुद चिनियाँ युवा सोरा ओईप्रति हुरुक्कै छन् । २७ वर्षका युवा लिऊ कियांग (परिवर्तित नाम) ले बीबीसीसँग भने–धेरै चिनियाँ युवालाई किशोरावस्थामा ठिकसँग यौन शिक्षा प्राप्त हुँदैन थियो । सोरा ओई यही अवस्थामा हाम्रो शिक्षिका बनेर आइन् । चीनमा इन्टरनेटका लागि युवाहरुको आकर्षण र सोरा ओईको लोकप्रियता पनि करिब करिब एकैसाथ उत्कर्षमा थियो । नयाँ वेभ पोर्टल, अनलाइन कम्युनिटि र भिडियो साइट्स एकएक गरेर आउँदै गए र इन्टरनेटमा अनेक प्रकारका जानकारी थपिँदै गयो । यसमा प्रतिबन्धित पोर्न सामग्री पनि समावेश थियो ।

लिउ कियांग हाईस्कुलको अवस्थामै आफ्ना साथीहरुका साथ एमपीफोर प्लेयरमा सोरा ओईको पोर्न भिडियोहरु हेर्ने गर्दथे ।तर, इन्टरनेटको लोकप्रियताबाट पोर्न हेर्न सहज भयो । चाइनिज युनिभर्सिटी अफ हङकङका जापानी अध्ययन विभागका प्रोफेसर वाई–मिंग एनजी भन्छन्–सोरा ओई बिलकुल सही समयमा चीनमा देखा परिन् । जब चीन बाहिरी संसारका लागि आफ्नो ढोका खोलिरहेको थियो, सोरा ओई त्यही समयमा चीनमा लोकप्रिय भइन् ।

चीनमा यौन शिक्षा

चीनका युवाहरुका लागि यौनका बारेमा जानकारी हासिल गर्ने पोर्न एउटा प्रमुख माध्यम हो । चीनका विद्यालयमा सीमित यौन शिक्षाको प्रावधान छ र अधिकांश आमा बाबुहरु यौनका विषयमा कुरा गर्न लजाउने गर्दछन् । सन् २००९ मा पिकिङ युनिभर्सिटीले एउटा अध्ययन गरेको थियो, जसमा २२,००० जना किशोरी र युवाहरुसँग यौनका विषयमा प्रश्न गरिएको थियो । अध्ययनमा सहभागी किशोरी र युवाहरुको उमेर १५ देखि २४ वर्षबीचको थियो । उनीहरुसँग प्रजननसँग सम्बन्धित प्रश्न सोधिएको थियो ।

अध्ययनमा भाग लिएका केबल ४.४ प्रतिशत सहभागीले मात्र सहीसही उत्तर दिन सकेका थिए । शोधकर्ताहरुले यो पनि र्पा कि चीनका कयौ नौजवान सेक्सका बारेमा स्वयम सिक्छन् । तर चीनकै पहिलो महिला सक्सोलजिस्ट लिन यिन्हे यौन शिक्षाका लागि पोर्नको प्रयोग खतरनाक हुने बताउँछिन् ।

लिन यिन्ले भन्छिन्–पोर्न सेक्सलाई बढाई चढाई गरेर देखाउने गर्दछ र यसबाट केही युवा गलत बाटोमा जान सक्दछन् । किनभने उनीहरु स्वयमको तुलना पोर्न एक्टर्ससँग गर्न लाग्दछन् । अर्का जानकार यो मान्दछन् कि पोर्नबाट मानिसको यौनप्रतिको रवैया बिग्रन सक्दछ । यसबाट यौन स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्दछ।

चीनमा लोकप्रियता

एउटा प्रश्न यो पनि छ कि इन्टरनेटमा पोर्न यति मात्रामा र जब चाहे तब उपलव्ध छ । त्यसो भए सोरा ओईमा विशेष के छ ? एसियाली मुलुकहरुमा यौन आज पनि एउटा वर्जित विषय मानिन्छ । तर, सोरा ओईले पोर्नोग्राफीमा आफ्नो करिअरका कारणबाट कहिल्यै कम गरेर आँकिनन् । उनले सधैं यही भनिन् कि म आफ्नो कामलाई मन पराउँछु किनभने म संसारभरमा फैलिएका मलाई मन पराउनेहरुसँग रहन सक्छु । उनीहरुसँग कुरा गर्न सक्छु । सामाजिक सञ्जालमा भेटिने अपमानजनक कमेन्ट्सको जवाफ पनि निकै सालितापूर्वक दिन्छु ।

यसैबाट उनले आफ्नो प्रशंसकबीच लोकप्रियता र इज्जत दुवै आर्जन गरिन् । सोरा ओईले सन् २०११ बाट पोर्नोग्राफी छोडिन् । उनले अभिनयमा फूलटाइम काम सुरु गरिन् गायनमा सम्भावना खोज्न थालिन् । उनको म्युजिक भिडियो आयो । चलचित्र रिलिज भए र चीन सोरा आईका लागि एउटा महत्वपूर्ण बजार बन्यो ।

सोरा ओईका म्यानेजरले बीबीसीसँग भने कि उनले चिनियाँ संस्कृति अपनाउन कडा मेहनत गरेकी छन् । उनी वीबोमा आफ्ना हरेक म्यासेज चिनियाँ भाषमा स्वयम लेख्छिन् तर यो विरोधाभास नै छ कि चीनमा सोरा ओईलाई मन पराउनेहरुको संख्या ठुलो छ।तर जापानका साथसाथै चीनमा गाढा सम्बन्ध छैन ।

सेनाकुक द्वीप समूह(यसलाई चीन दियाओयु द्वीप समूह भन्ने गर्दछ) लाई लिएर चीन र जापानबीच विवाद छ । र चिनियाँ इन्टरनेटमा एउटा कुरा चर्चित छ कि दियाओयु द्वीप समूह चीनको हो र सोरा ओई सारा संसारको । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..