समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनी कालो सूचीमा

काठमाडौँ । समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् ।

प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कंलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखी कारबाही गरेको हो । कालोसूचीमा परेकामा टोखा नगरपालिका धापासीको ‘डिएनके ट्रेडिङ प्रालि’, काठमाडौँ महानगरपालिका घट्टेकुलोको ‘क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स’, काठमाडौँ महानगरपालिका इन्द्रचोकको नारायणदास श्रीनिवास र काठमाडौँकै पवन कुमार÷नितेश कुमार छन् ।

ललितपुर महानगरपालिकाको पशुपति इन्टरनेशनल प्रालिलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राखिएको छ । समयमै काम नगरेका कारण ठेकेदार कंलाई कालो सूचीमा राखिएको अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटाले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार ती कम्पनीले एकदेखि तीन वर्षसम्म कुनै कारोवार गर्न पाउने छैनन् । ती कंले गरेको गल्तीका आधारमा कारवाहीको समयावधि राखिएको र उनीहरुले पुनरावेदन गर्न सक्ने व्यवस्था भएको सचिव देवकोटाको भनाइ छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..