सुन्दरीले डेटिङमा बोलाएपछि खुसी हुँदै गए, युवतीलाई देख्नासाथ उड्यो होस्

अमेरिकाका एक युवकले सामाजिक संजालमा एक सुन्दरी युवतीको निम्तो पाए । ती युवतीले युवकलाई डेटिङका लागि बोलाएकी थिइन् । जब ती युवक युवतीलाई भेट्न गए त्यसपछि भने उनले साच्दै नसोचेको घटना भयो । उनले यो घटना सामाजिक संजालमा शेयर गरेका छन् । उनले पोस्टमा सबै घटना विस्तृत रुपमा लेखेका छन् ।

युवकका अनुसार ब्वाइफ्रेण्ड खोजिरहेकी एक युवतीले सामाजिक संजाल टिंडरमा उनलाई ब्लाइंड डेटको म्यासेज पठाएकी थिइन् । उनले म्यासेजमा भेट्ने ठाउँ र समय पनि बताएकी थिइन् । ती युवक जब ताएको समयमा त्यो ठाउँमा पुगे उनको होसहवास उड्यो । त्यहाँ युवकहरुको ठूलो भीड थियो । केही बेरपछि बल्ल ती युवकले असली कहानी थाहा पाए । खासमा ती युवतीले २ सय जना युवकलाई एकैपटक एकै ठाउँ ब्लाइंड डेटको लागि बोलाएकी थिइन् । ती युवती २ सय जनामध्येबाट आफ्नो लागि सही ब्वाइफ्रेण्ड छान्न चाहन्थिन् ।

सामाजिक संजालमा ती युवकको पोस्ट अहिले भाइरल भइरहेको छ र मानिसहरु ती युवतीलाई गाली गरिरहेका छन् । युवकका अनुसार उनले सामाजिक संजालमा ती युवतीसँग कुरा गरेपछि उनीहरुले एक अर्काको फोन नम्बर पनि लिएका थिए । युवकका अनुसार युवतीले आफ्नो नाम नताशा एपोन्टे बताएकी थिइन् । उनी आफैंलाई हिरोइन, मोडल, गायिका र ट्रेकर बताएकी थिइन् ।

केही दिन कुराकानीपछि युवतीले युवकलाई डेटमा बोलाइन् । युवतीले उनलाई न्यूयोर्कको युनियन स्क्वायर पार्कमा बोलाएकी थिइन् । त्यहाँ पुग्दा ती युवकसँगै अरु २ सय जना थिए र यी सबै ती युवतीसँग डेटको लागि आएका थिए । युवकका अनुसार पार्कमा डिजेको पूरा सेट लगाइएको थियो । जहाँ युवती केहीबेरमा आफ्ना २ बडिगार्डसमेत पुगिन् र डेटका लागि आएका सबै युवकलाई एक ठाउँमा भेला पारिन् । युवतीले त्यहाँ आएका सबै युवकहरुबीच केही प्रतिस्पर्धा गराउने र यसको आधारमा आफ्नो लागि सबैभन्दा ठिक पार्टनर चुन्ने बताइन् ।

युवतीले प्रतिस्पर्धामा भाग लिन नचाहनेहरु फर्केर जान स्वतन्त्र भएको बताइन् । त्यसपछि केही युवक फर्केर गए । युवतीले अरु पनि शर्त राखेकी थिइन् । लामो दाह्री भएका र डोनाल्ड ट्रम्पलाई मन पराउनेहरु आफ्नो पार्टनर बन्न नसक्ने उनले पहिल्यै भनिन् । त्यसपछि प्रतियोगिता कस्ता हुने र यसको नियम बताइन् । डेटका लागि गएका युवकहरुलाई पुशअप, दौड लगायत सेनामा भर्ती हुँदा झैं शारीरिक परीक्षण गरियो । साथमा ती युवकले यो पनि बताउनुपर्ने थियो कि उनीहरु डेट किन गर्न चाहन्छन् । यो घटनापछि सार्वजनिक भएको भिडियोका मरिब १० जना प्रतियोगितामा भाग लिइरहेका देखिन्छन् । यद्यपि युवतीले कसलाई पार्टनर रोजिन् भन्ने थाहा भएको छैन । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..