बस पार्कमा ब्लु फिल्म देखाइएपछि…

विश्वमा विचित्र–विचित्रको घटना हुन्छ । भारतमा यस्तै बिचित्रको घटनाले त्यहाँको स्थानीय सरकारलाई लज्जित बनाएको छ । केरलाको वायनाड जिल्लाको कलपेट्टा कस्बेमा रहेको एक बसपार्कमा डिजिटल बिज्ञापन देखाउँन ठूलो स्क्रिन राखिएको छ ।

उक्त स्क्रिनमा व्यापारिक प्रायोजकका विज्ञापनहरु प्रशारण भइरहेका हुन्छन् ।

उक्त बिज्ञापन स्क्रिन नगरले नीजि क्षेत्रलाई ठेक्का दिएको थियो । यसबाट स्थानीय सरकार हुँदै केन्द्र सरकारसम्म आम्दानी हुन्छ । यो बसपार्क भारतकै एक ठूलो बसपार्क हो । यहाँ निक्कै बहुराष्ट्रिय कम्पनीहरुले बिज्ञापन राख्न होडवाजी गर्छन् ।

पछिल्लो महिना उक्त विज्ञापन स्क्रिनमा निक्कै बिज्ञापनका फायल जम्मा भएका थिए । प्राविधिकले सबै विज्ञापनलाई मेमोरीमा लोड गरे । उनी ढुक्क भएकी अब लोड भएका सबै बिज्ञान आउँनेछन् ।

तर दुर्घटनाबस उनले लोड गर्ने बिज्ञापनको कम्प्युटरमा अर्को स्टाफले ब्लु फिल्म डाउनलोड गरिरहेका थिए । उनले बिज्ञापन डाउनलोड गरेर मेमोरिमा राखेकै फायलहरुमा उक्त ब्लुफिल्मपनि पर्यो । प्राविधिकले बिज्ञापन लोड गरेर साझँतिर घर फर्किए ।

त्यस्तै साँझ ७ बजेको समय थियो । भर्खरै रात परेकाले धेरैको आँखा स्क्रिनमा नै थियो । बिज्ञापन चलिरहेकै बेला एक्कासी नीलो चलचित्र चल्न थाल्यो ।

त्यहाँ हजारै मानिसहरुले हेरिसकेकाछन् । बसपार्कमा राखिएको विज्ञापन देखाइने दुइवटा पर्दामा अचानक निलो फिल्म चलेको हो । त्यहाँ रहेका सबै मानिसहरुले निलो फिल्म देखे पछि छक्क परेका थिए ।

त्यसपछि बसपार्क गार्डले तत्कालै बिज्ञापन ठेक्का पाएको कम्पनीलाई फोन गरेर प्राविधिक झिकाए । ड्युटीमा रहेका मञ्जुर नामको अपरेटरले गल्ती स्वीकारेको छन् । पछि उनले उक्त मेमोरीको भिडियो डिलिट गरे । केही हप्ता बिज्ञापनको स्क्रिन नै बन्द गरियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..