हंगेरीमा सुत्न प्रतिबन्ध, राष्ट्रसंघले भन्यो–निर्दयी र मानवअधिकारविरोधी कदम

हंगेरीले सार्वजनिक स्थानहरुमा सुत्नुलाई अब गैरकानुनी बनाएको छ। प्रधानमन्त्री भिक्टर ओरबानको सरकारले ल्याएको यो नयाँ कानुनलाई संयुक्त राष्ट्रसंघले भने ‘निर्दयी’ र मानवअधिकारविरोधी बताएको छ।

हंगेरीको संसदले यो कानुनलाई सबैभन्दा पहिला जुनमा पारित गरेको थियो । यो कानुनअन्तर्गत सडक किनारमा सुत्नु अब गैरकानुनी हुनेछ। सरकारका अनुसार प्रहरीलाई खुला स्थानमा सुतेकाहरुलाई हटाउन अनुमति दिनु ‘समाजको हित’ मा हुनेछ।

यसअघि सन् २०१३ मा ल्याइएको एउटा कानुनअन्तर्गत सडकमा वा खुला स्थानमा सुत्नेलाई जरिवाना तिराउने प्रावाधन थियो । वर्तमान कानुन त्यही पूरानो कानुनको कडा रुप हो र यो सोमबारबाट कार्यान्वयनमा आएको छ।

सामाजिक मामिला सचिव एटिला फुलाँपले भने–यो कानुनको उद्देश्य यो सुश्चित गर्नु हो कि बेघर नागरिक रातको समयमा सडकमा नसुतुन् र देशका नागरिक बिना कुनै बाधा सार्वजनिक स्थानको प्रयोग गर्न सकुन्।

संयुक्त राष्ट्रसंघका निवास मामिलासम्बन्धी जानकार लेलानी फरहाले यही वर्ष जुनमा यो कानुनलाई निर्दयी भन्दै भनेका थिए कि ‘यो अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको पनि उल्लंघन हो ।’

सरकारलाई लेखिएको एउटा खुलापत्रमा उनले भनेका थिए–ती घरबारविहीनहरुले के अपराध गरेका छन् ? मात्र जीवित रहने कोशिस गर्नु ?
हंगेरीमा सरकारले घरबारविहीनहरुका लागि शेल्टर होम चलाउने गर्दछ, जसमा ११ हजार नागरिक बसिरहेका छन् । तर विशेषज्ञहरुका अनुसार देशभरमा २० हजारभन्दा बढी घरबारविहीन छन् ।

गत महिना युरोपियन संसदले हंगेरीका विरुद्ध कानुनी कारबाही गर्ने सहमति जनाएको थियो । युरोपियन संसदका सदस्यहरुले बहसका क्रममा भनेका थिए कि जसरी हंगेरी आफ्ना घरबारविहीन नागरिकमाथि व्यवहार गरिरहेको छ, त्यो युरोपियन मानवीय मूल्यहरुको ‘खुल्ला र गम्भीर उल्लंघन हो ।’

अर्कातिर हंगेरीको सरकारका अनुसार उसले घरबारविहीनहरुका लागि संचालन गरेको अभियानका लागि अरु आर्थिक व्यवस्थाको गर्नेछ । सरकारले एउटा वक्तव्यमार्फत भनेको छ–सम्माननीय तरिकाबाट घरबारविहीन नागरिकलाई सहयोग गरिँदैछ ।

उक्त वक्तव्यमा भनिएको थियो–घरबारविहीन नागरिकलाई रात र दिनमा आवासीय सुविधा दिइदैछ, जहाँ उनीहरु सुत्न सक्दछन्, खान सक्दछन् र नुहाउन कपडा धुन सक्दछन्। बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..