दसैंः सहर सुनसान बन्दै, गाउँगाउँमा बढ्यो रौनक

काठमाडौ । उपत्यका लगाएत देशका विभिन्न सहरहरुबाट दशै मान्न घर फर्कनेहरुको क्रम जारी छ । काम विशेषले राजधानी भएकाहरु घर फर्किपछि राजधानी सुनसान जस्तै भएको छ भने गाँउ घर तिर दशैको रौनक बढेसँगै भिडभाड पनि बढ्दै गएको छ ।

काठमाण्डौँ उपत्यकाबाट अहिलेसम्म २३ लाख नागरिकहरु दशै मनाउनको लागि बाहिरिएको ट्राफिक प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिनुभयो ।

यसैबीच, चाडवाडको समयमा अपराधिक गतिविधी बढ्न सक्ने भन्दै उपत्यकामा विशेष सुरक्षा अपनाईएको छ ।

सबैजना गाउँमा जाने र सुरक्षा चुनौती बढेको हुँदा उपत्यकाका विभिन्न ठाउँमा सादा पोसाकमा प्रहरी खटाईएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरत प्रताप सिंहले जानकारी दिनुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..