उपत्यकामा नेपाल प्रहरी र सशस्त्र बलको निशुल्क बस सञ्चालनमा

काठमाडौ । दशैंमा सार्वजनिक यातायातका साधनहरु कम चल्ने भएकाले सर्वसाधारणको आवतजावतलाई सहज बनाउन तीन वटै सुरक्षा निकायले निःशुल्क बस सञ्चालन गर्न लागेका छन् ।

नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको हो । प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्र बनाएर ती रुटमा बस सञ्चालन गरिनेछ । निःशुल्क बस वडादशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै नेपाली सेनाले समेत उपत्यकाभित्र निः शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशमीका दिन कात्र्तिक २ गते उपत्यकामा न्यून मात्र सवारी साधान चल्ने भएकाले बस सेवा सञ्चालन गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।

दशमीका दिन ८ वटा रुटमा बिहान ७ र ११ तथा दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १ वटा बस निस्शुल्क सञ्चालन गर्ने व्यवस्था मिलाइएको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..