श्रीमानको मृत्युको हल्लापछि श्रीमतीले गरिन आफ्नो र दुई छोराको हत्या

चीनमा एक महिलाले आफ्नै श्रीमानका कारण दुई छोराछोरीसहित पोखरीमा हामफालेर आत्महत्या गरेकी छन्। इन्स्योरेन्सको लोभमा श्रीमानले मृत्यु भएको नाटक गर्दा श्रीमतीले चार वर्षीय छोरा र तीन वर्षीया छोरीसहित आत्महत्या गरेको विभिन्न अन्तराष्ट्रिय संचारमाध्यममा उल्लेख गरिएको छ। यो घटना चीनको हुनान प्रान्तस्थित सिन्ह्वा प्रदेशको हो।

प्रहरीका अनुसार सुरुमा श्रीमानले उधारोमा लिएको कार नदीमा भेटिएको थियो तर शरीर भने थिएन जसका कारण उनको मृत्यु भएको अनुमान गरिएको थियो।

छोरीछोरीसहित श्रीमतीले आत्महत्या गरेको भोलीपल्टै श्रीमानको पहिचान थरबाट हुन आयो। पछि हि नाम गरेका ३४ वर्षीय ती व्यक्तिले आफैं प्रहरीसामु आत्मसमर्पण गरे।

द चाइना डेलीका अनुसार श्रीमानको मृत्यु भएको भन्दै श्रीमतीले सुसाइड नोट लेखी दुई सन्तानसहित पोखरीमा आमफालेर आत्महत्या गरेकी हुन्।

नोटमा श्रीमतीले आफ्नो कारण श्रीमान हराएको आरोप श्रीमानको परिवारले लगाएको लेखेकी छन्। साथै उनले नोटमा यो पनि लेखेकी छन् की– ‘म आत्महत्या गर्दै छु ताकि मेरो हराएको श्रीमान र उनको परिवार सँगै हुन सकोस्।’

प्रहरीले जनाएअुनसार हि ले एक लाख भन्दा बढी युयान रिन लिएका थिए। त्यहीबहानामा उनले श्रीमतीको नाममा रहेको १० लाख युयान निकाल्न नक्कली मृत्युको योजना बनाएर मृत्युको नाटक गरे।

यसबारे उनकी श्रीमतीलाई भने केही थाहा थिएन जसले गर्दा उनको श्रीमतीले दुई छोराछोरीसहित आत्महत्या गरिन्। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..