यि हुन् आफ्नै १३ जना सन्तानलाई बन्धक बनाएर राख्ने आमाबाबु !

अमेरिकाको क्यालिफोर्नियामा यस्ता आमाबाबुलाई पक्राउ गरिएको छ, जसले आफ्ना १३ जना सन्तानलाई बन्धक बनाएर राखेका थिए । उनीहरुले बच्चालाई बेडमा साङ्लामा बाँधेर ताला लगाएर राखेका थिए ।

यसमध्ये कतिपय बच्चा निकै साना पनि छन्, सबैभन्दा सानो बच्चाको उमेर दुई वर्षको छ । ५७ वर्षका डेभिड एलेन तुर्पिन र ४९ वर्षकी लुइस ऐना तुर्पिनलाई बालबालिकालाई प्रताडित गरेको र बालबालिकालाई खतरामा पारेको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार यी १३ जना बच्चा २ वर्षदेखि २९ वर्षसम्मका छन् । यिनीहरु लस एन्जल्सदेखि ५९ किलोमिटर उत्तर पूर्वको पैरिसस्थित एक घरमा फेला पारिएको हो ।उनीहरु भाइबहिनी रहेको अनुमान गरिएको छ।

रिभरसाइड शेरिफ्स विभागले भनेको छ–आइतबार घरबाट भागेका पीडितले अधिकारीहरुलाई यो कुराको जानकारी दिएका थिए । उसले घरमा फेला परेको एउटा सेल्युलर फोनबाट एमरजेन्सी नम्बरमा फोन गरेको थियो ।

त्यहाँ फेला परेकी एक किशोरीका अनुसार उनका आमाबाबुले उसका १२ अरु भाइबहिनीलाई बन्धक बनाएर राखेका थिए । प्रहरीका अनुसार यी किशोरी ‘दश वर्ष बराबरकी देखिन्छिन् र निकै कमजोर छिन् ।

प्रहरी अधिकारीहरुले पछि थाहा पाए कि ‘कतिपय बच्चालाई बेडमा साङ्लामा बाँधेर चाबी लगाएर राखिएको थियो र उक्त स्थान निकै नै फोहोर थियो ।’

प्रहरीका अनुसार बच्चाका आमाबाबु यो कुराको ठिकसँग उत्तर दिइरहेका छैनन् कि उनीहरुले बच्चालाई यस्तो हालतमा किन राखे । अधिकारीहरु यो देखेर हैरान भए कि घरमा फेला परेका सात बच्चा १८ देखि २९ वर्षबीचका थिए ।

प्रहरीले भनेको छ–पीडित कुपोष्ति थिए र निकै फोहोरी थिए’ सबै पीडितको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..