प्रधानमन्त्री ओलीद्वारा कार्तिक ६ गतेसम्म सर्वसाधरणलाई टिका लगाईने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधरणलाई टिका लगाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओलीले सर्वसाधरणलाई टीका र जमरा लगाएका हुन ।

टिका कार्यक्रम लम्बिदै गर्दा त्यहाको स्थिति थप अव्यवस्थित बनेको थियो । टीका लगाउनका लागि प्रधानमन्त्री निवासमा सांसद, कार्यकर्ता तथा सर्वसाधरणहरु निकै समय कुर्न बाध्य भएका थिए । कार्यकर्ता र सांसदहरु २ घण्टा पर्खिएर टीका लगाएका थिए।

टीका लगाउनका लागि घण्टौ कुर्नुपर्दा पनि कार्यकर्ताहरु भने जनताबाट निर्वाचित प्रधानमन्त्रीको हातबाट टीका लगाउनुपर्ने भन्दै चित्त बुझाएका थिए।

प्रधानमन्त्रीको सचिवालय ले अपरान्ह २ बजेपछि मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा र अपरान्ह ३.३० देखि ५.३० सम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टिका लगाईदिने कार्यतालिका सार्वजनिक गरेको भएपनि २ घण्टा ढिलो गरि प्रधानमन्त्रीबाट टिका लगाईदिने कार्यक्रम सुरु भएको थियो ।

यसैबीच प्रधानमन्त्रीको सचिवालयले एकादशी कार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९ः०० देखि ११.०० बजे सम्म प्रधानमन्त्रीको हातबाट टिका ग्रहण गर्न सकिने जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..