दशैंको टीका लगाउनेक्रम जारी, सरकारी कार्यालयहरु आजबाट खुल्ने

काठमाण्डौं। विजयादशमीको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ ।

विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज पनि मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिंदैछन् ।
कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुल कुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आफूभन्दा अग्रजको हातबाट थापेर आर्शिवाद लिइने परम्परा छ ।

यस्तै, दशैं अवधिभर बन्द रहेका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् । सरकारले यो वर्षदेखि घटस्थापना र द्धादशीको विदा कटौती गरेपछि फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सञ्चालन हुन लागेका हुन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..