भारतमा डरलाग्दो बस दुर्घटना, एकै परिवारका ४ नेपालीको मृत्यु

काठमाडौं । गाडी दुर्घटनामा परी भारतमा एकै परिवारका ४ जना नेपालीको मृत्यु भएको छ। भ३ जना घाइते भएका छन्। सोमबार भारतको गोरखपुरबाट वारणासीतर्फ गइरहेको बेला राजादेपुरमा अर्को गाडीले ठक्कर दिँदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुबा गोरख श्रेष्ठ र भाइ उपेन्द्र रहेको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेहरु सिन्धुली जिल्लाका रहेको जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा २ जना श्रेष्ठ परिवारका महिला सदस्य र कार चालक रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..