कृष्णनगरको कर्फ्यू १२ बजेसम्मका लागि हट्यो

कपिलवस्तु । जिल्लाको कृष्णनगरमा लगाइएको कर्फ्यू अहिले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि हटाइएको छ ।

मूर्ति विसिर्जनको विषयलाई लिएर दुई समूहबीच भएको विवादपछि उत्पन्न परिस्थिति नियन्त्रण गर्न आइतबारदेखि कृष्णनगरमा कर्फ्यू लगाइँदै आएको छ ।

स्थिति सामान्य बन्दै गएपछि मंगलबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले जनाएको छ । अवस्था हेरेर कर्फ्यूबारे थप निर्णय हुने प्रशासनको भनाइ छ ।

कर्फ्यू हटेपछि कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।

कृष्णनगर बजार क्षेत्रमा शनिबार दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई पक्षबीच विवाद भएको थियो । आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..