भारतीय नेता सीताराम यचुरी आज काठमाडौँ आउँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी आज काठमाडौँ आउँदै हुनुहुन्छ ।

यहाँ रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नुहुनेछ ।

साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्नुहुने सो पार्टीले जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..