एउटा यस्तो महामारीः जहाँ मानिसहरु नाच्दानाच्दै मर्न थाले…यस्तो थियो कारण

जुलाई, १५१८ । फ्रान्सको स्ट्रासबर्ग सहरमा अचानक एकजना महिलाले नाच्न सुरु गरिन् । कयौ दिनसम्म ती महिला चानिरहिन् । एक हप्ताभित्रै करिब १ सय अरु मानिसमा नाच्ने रोग लाग्यो । त्यतिबेला त्यहाँका अधिकारीहरुलाई लाग्यो कि यो रोगको उपचार पनि दिनरात नाच्नेबाटै हुनेछ । उनीहरुलाई अलग गरेर एउटा हलमा लगियो ।

डान्स जारी राख्न सहयोग गर्नका लागि त्यहाँ बाँसुरी र ड्रम बजाउने व्यवस्था गरियो । पेशेवर नर्तकहरुलाई पैसा दिइयो ताकि मानिसमा हौसला कायमै रहोस् । तर, केही दिनमै कमजोर मुटु भएकाहरुको मृत्यु हुन थाल्यो । अगस्त १५१८ अन्त्यसम्म करिब ४ सय जना यो पागलपनको शिकार बनिसकेका थिए । अन्ततः उनीहरुलाई ट्रकमा कोचेर स्वास्थ्य केन्द्र लगियो ।

सेप्टेम्बरको सुरुवातमा यो रोग निको हुन थाल्यो । तर, यो पहिलोपटक थिएन कि युरोपमा यस किसिमको रोग फैलिएको थियो ।

धर्मविरुद्ध

सन् १५१८ अघि दश पटक यसप्रकारको महामारी फैलिसकेको थियो । सन् १६७४ मा अहिलेको बेल्जियमका कयौ सहरमा यस्तै रोगको चपेटामा आएको थियो । तर, १५१८ को घटनाको बढी दस्तावेज छ । तर, युरोपमा वास्तवमै यो आफ्नौ प्रकारको पहिलो र अन्तिम घटना थिएन ।

एउटा प्रचलित मान्यताअनुसार यो नतर्क अर्गाट नामको एउटा फंगस आफ्नो शरीरमा इन्जेक्ट गर्दथे ।तर, यसको आशा कम छ किनभने अर्गाटले रक्त प्रवाह रोकिदिन्छ, जसबाट समन्वय कायम गरेर नाच्न मुस्किल हुन्छ । यो पनि मान्यता छ कि यिनीहरु एउटा विद्यर्मीपन्थका हिस्सा थिए । तर, यो पनि मुश्किल देखिन्छ, किनभन पीडित पनि नृत्य गर्न चाहन्थे ।

नाच्नेहरुले पनि सहयोगको आवश्यकता प्रकट गरेका थिए । यसका साथै ती मानिसहरुलाई कहिल्यै धर्मविरोधी मानिँदैन थियो ।

अवचेतनको अवस्था

केहीले यसलाई एकप्रकारको सामूहिक हिस्टेरिया पनि मान्दथे । यो सम्भव छ किनभने १५१८ मा स्टार्सबर्गबासी गरिबी, भोकमरी, रोग र अध्यात्मिक निरासाको सामना गरिरहेका थिए । मेरो विचारमा यी नर्तकहरु अवचेतनको अवस्थामा थिए, किनभने यदि यस्तो हुँदैन थियोभने यति धेरैबेरसम्म नाच्न सक्दैन थिए ।

यो अवस्था तिनै मानिसमा हुन्छ जो दिमागी रुपमा निकै तनावमा रहन्छन् वा अध्यात्मिक रुपमा ध्यानको अवस्थामा हुन्छन । स्टार्सबर्गमा स्थिति केही यस्तै थियो । त्यहाँ गरिबीबाट मानिसहरु दिमागी रुपमै ग्रस्त थिए। खडेरीको समस्या र कयौ महामारीको सामना गरिरहेका थिए। यसका साथै हामीलाई यो पनि थाहा छ कि उनीहरु सेन भिटो नामको सन्तमाथि विश्वास गर्दथे, जो उनीहरुको दिमागमा काबु गर्ने शक्ति राख्दथ्यो र उनीहरुलाई यस्तो नृत्य गराउन सक्थ्यो ।

धार्मिक उपचार

अभिशापको डरले पनि मानिसलाई अवचेतनमा धकेल्न कामयाव हुन सक्दछ र एकपटक त यो हुन्छ, तम मानिसहरु दिनरात नाचिरहन्छन् । यसो भन्न सकिन्छ कि यो महामारी निराशा र डरको परिणाम थियो ।

मानिन्छ कि यो महामारी अन्त्य हुनुको पछाडिको कारण थिया कि मानिसलाई धार्मिक मान्यताहरुमा विश्वास विस्तारै विस्तारै कम हुन लागेको छ। यो भन्न सकिन्छ कि स्टार्सबर्गजस्ता सहरमा परिवर्तनका लागि विरोध सुरु भयो र कुनै सन्तको पन्थलाई मान्नबाट मानिसहरुले अस्वीकार गरिदिए । लामो समयको हिसावले हेर्ने हो भने त अलौकिक मान्यताहरुबाट अघि बढेर समाज तार्किक र वैधानिक आधारहरुलाई मान्न थाले ।बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..