यस्तो बन्दै छ नायिका श्वेता खड्काले निर्माण गरिरहेको एकिकृत माझी वस्ती

काठमाडौँ । २०७२ बैशाख १२ को विनासकारी भूकम्पपछि टहरामा बस्दै आएका माझी समुदायलाई श्वेताश्री फाउण्डेशनले एकिकृत नमुना बस्ती निर्माण गरेको छ।

हाँस्यकलाकारद्वय धुर्मुस र सुन्तलीले काभ्रेको पहरीगाउँ, सिन्धुपाल्चोकको गिरानचौर, महोत्तरीको मुसहर वस्ती र रौतहटको चन्द्रपुरमा ४ वटा नमुना वस्तीहरुको निर्माण गरिसकेका बेला यता नायिका श्वेता खड्काको नेतृत्वमा श्वेताश्री फाउन्डेसनले पनि माझी बस्ती निर्माण गरिरहेको छ।

सिन्धुपाल्चोकको झ्याँडीमा निर्माण भईरहेको वस्तीमा ५४ वटा निजी आवास र एउटा संस्थाको सम्पर्क कार्यालय सहित ५५ वटा घरहरु यहाँ निर्माणाधिन अवस्थामा छन्।

०७४ साल जेठ १५ गते पूनर्निर्माण प्राधिकरणका तत्कालिन सिइओ गोविन्द पोखरेल तथा कलाकार श्वेता खड्का लगायतको टिमले यो वस्तीको सिलान्यास गरेको थियो ।

यस्तो बन्यो माझी बस्ती:

स्रोत: केन्द्रबिन्दु डट कम

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..