काठमाडौंमा मात्र तीन महिनामा चेक बाउन्सका एक हजार मुद्दा

काठमाडौ । काठमाडौंमा चेक बाउन्सका अत्यधिक बढेका छन्। पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक बाउन्सका एक हजार १७ उजुरी दर्ता भएका छन्।

छोटो समयमा धेरै उजुरी परेका कारण प्रहरीले अधिकांशको अनुसन्धान गरी मुद्दा चलाउन सकेको छैन। प्रहरीमा परेका उजुरीमध्ये ७४१ ‘पेन्डिङ’मा छन्। १६३ उजुरीमाथि मात्रै अनुसन्धान गरी मुद्दा चलाइएको छ।

११३ उजुरी भने फिर्ता गरिएका छन्। पेन्डिङमा रहेका चेकमा उल्लेख गरिएको एक अर्ब १३ करोड ४१ लाख ४९ हजार १८८ रुपैयाँ रहेको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरमा दैनिक १५–२० वटा चेक बाउन्ससम्बन्धी उजुरी दर्ता हुने गरेका छन्।

उजुरीमा एउटै चेक पाँच करोड रुपैयाँसम्मका छन्। खासगरी जग्गा कारोबार तथा अनाधिकृत व्यवसायमा संलग्न व्यक्तिले यस्ता चेक काट्ने गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..