एनआरएनए अध्यक्ष भट्टद्धारा अनाथ बालबालिकालाई आर्थिक सहयोग

सिन्धुली । गैर आवासीय नेपाली संघका अध्यक्षा भवन भट्टले सिन्धुलीको अनाथलयमा रहेका अनाथ बालबालिकाहरुलाई आर्थिक सहयोग प्रदान गरेका छन ।

सिन्धुलीको कमलामाई नगरपालिका–४ मा रहेको शैलशिखर अनाथालयमा आश्रित बालबालिकाको लालनपालन र पढनपाठनको लागी अध्यक्ष भट्टले जापनीज यान २० हजार रुपैया प्रदान गरेको शैलशिखर अनाथालयका संचालक समितिका अध्यक्ष विष्णु प्रसाद देवकोटाले जानकारी दिए ।

ऐतिहासिक स्थल सिन्धुलीगढीको अवलोकन गर्न गएका अनाथालयका बालबालिकालाई सोही स्थानमा नगद बीस हजार रुपैया प्रदान गरेको अध्यक्ष देवकोटाले बताए ।

बालबालिकालाई घुम्न लगेको थिए, सोही बेला गैर आवासीय नेपाली संघका अध्यक्ष भट्ट पनि आउनु भएको रहेछ , एउटै पोशाकमा सजिएका बालबालिका देखेर उहाले सोध्नु भयो, त्यसपछि यी अनाथ बालबालिकाहुन भन्ने जानकारी पाएपछि उहाँले २० हजार रुपैया नगद प्रदान गर्नु भयो देवकोटाले भने ।

भट्टले पछिल्ला दिनमा पनि अनाथ बालबालिकालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको देवकोटाले बताए । हाल अनाथालयमा रहेका बालबालिकालाई भगवती मावि माढी बजारले अध्ययनमा सहयोग गर्दै आएको छ भने अन्य विभिन्न संघ संस्थाको सहयोगमा लालनपालन गर्दै आएको अध्यक्ष देवकोटाले बताए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..