बहुगुणकारी तुलसी : पूजा गर्ने मात्र हाेइन, प्रयाेग गरेर फाइदा लिनुस्

तुलसी नेपालको प्रत्येक भागमा उपलब्ध हुने वनस्पति हो। सनातन धर्मावलम्बीले भगवान् विष्णु वा विष्णुप्रियाको रूपमा पुज्ने तुलसी कतिपय धार्मिक कार्यहरूमा अत्यावश्यक मानिन्छ।

यसका पात, मञ्जरी आदि धार्मिक कार्यमा प्रयोग हुन्छन्। पौराणिक ग्रन्थहरूमा तुलसीको महत्त्व दर्शाउँदै तुलसीको दर्शन मात्रले पनि पुण्य प्राप्त हुन्छ र छुनाले पाप नाश हुन्छ, यसैगरी तुलसीको छायाँ मात्रले सवै तीर्थमा पुगेसरह हुन्छ भनिएको छ। सनातन धर्मावलम्बी प्रत्येकको घरमा आषाढ शुक्ल एकादशीका दिन तुलसी रोपेर चतुर्मासभरि पूजा गर्ने परम्परा छ। चार महिनापछि मार्ग शुक्ल एकादशीमा तुलसी विवाह गरी विसर्जन गरिन्छ। विज्ञानले समेत यस व्याख्यालाई प्रमाणित गरेकोे छ।

तुलसीलाई सबैभन्दा बढी अक्सिजन फ्याँक्ने विरुवाको रूपमा लिएको छ। तुलसीको विरुवा रहेको वरिपरि चारैतिर वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने किटाणुसमेत नष्ट हुने बताइन्छ। आधुनिक चिकित्सामा समेत यसको प्रयोग गरेको छ। क्षयरोग, उच्च रक्तचाप, इन्सेफलाटिस जस्ता रोगहरूमा तुलसीको प्रयोग उपयोगी सिद्ध हुने कुरा आधुनिक चिकित्साशास्त्रीहरूले समेत मानेका छन्।

एकातिर चतुर्मासभरि घरआँगनको शोभा बनेर वरिपरिको वातावरणलाई स्वच्छ पार्ने काम तुलसीले गर्दछ भने चतुर्मासपछि सुकिसकेको बोटबाट उपचारका विभिन्न पद्धतिहरू अपनाउन सकिन्छ। यहाँ तुलसीको प्रयोगबाट घरेलु रूपमै गर्न सकिने केही उपचारहरू—

–प्रातःकालमा तुलसीको मठनजिकै बसेर प्राणायम गर्ने वा श्वास तान्ने, प्mयाँक्ने क्रिया अपनाउनाले पनि स्मरणशक्ति वृद्धि हुन्छ। साथै तुलसीको ३,४ पत्ता पानीको साथमा निल्नाले स्मरणशक्ति बढ्छ। यसबाट शरीरमा स्फुर्ति आई व्यक्तित्वमा समेत निखार आउँछ।

–दिनमा दुई चारपटक विशेषगरी खाना खानुभन्दा आधा घण्टापछि तुलसीको चारपाँच पटक पात चपाउने गर्नाले मुखबाट आउने दुर्गन्ध दूर हुन्छ। साथै तुलसीको नियमित सेवनबाट मुखका सम्पूर्ण रोग नष्ट हुन्छन्।

–तुलसीको पातको गोली बनाएर दाँत दुखेको ठाउँमा राख्नाले दाँतको पीडा कम हुन्छ। साथै तुलसीको रसमा मरिचलाई पिसेर त्यसको गोली बनाएर दाँतको बीचमा राख्नाले पनि दाँतको पीडा कम हुन्छ।

–तुलसीको हरियो पात पिनेर त्यसको रस कानमा हाल्नाले कर्णशूल आदि रोग नष्ट हुन्छन्। साथै तिलको शुद्ध तेलमा तुलसीको रस मिलाएर उमालेर मनतातो पानी कानसम्बन्धी समस्यामा आराम मिल्छ।

–ज्वरो, आलश्यता, अरूचि आदि रोगको लागि तुलसीको पातको चिया बनाएर खानाले यी रोगहरू दूर हुन्छन्। तर यसको प्रयोग नियमिच रूपले गर्नुपर्छ।

–पानीको मात्रा अनुसार हरिया तुलसीका पत्ताहरू हाल्नाले पानी शुद्ध एवं किटाणुरहित बन्छ। तुलसीको पातलाई छायाँमा सुकाएर फिटकिरी मिसाएर पिनेर तयार पारिएको झोललाई सफा कपडाले छानेर शिशीमा बन्द गरेर राख्नाले कुनै पनि घाउमा लगाउन काम लाग्छ। यसको प्रयोगले घाउ शीघ्र निको हुन्छ।

–सानासाना बच्चाको घाँटी असजिलो भएमा वा रूघाखोकीले सताएमा तुलसीको रस पिलाएमा आराम हुन्छ। साना बच्चाको पेट फुलेमा पनि उमेर अनुसार ५÷१० ग्राम तुलसीको रस पियाउनाले आराम हुन्छ।

–स्त्रीको मासिकको समयमा अत्याधिक रक्तश्राव भएमा वा रिगंटा लागेमा तुलसीको रसमा मह मिलाएर खानाले लाभ हुन्छ। साथै तुलसीको बीउमा जीराको चूर्ण र मिश्री मिलाएर साँझ बिहान दूधसँग पिउने गर्नाले पिसाबसम्बन्धी रोग दूर हुन्छ।

–तुलसी पत्ताको चूर्ण, सख्खर र कपुर तीन वस्तुलाई समान मात्रामा मिलाएर राती सुत्ने वेलामा चिसो पानी साथमा पिउनाले स्वप्नदोष नाश हुन्छ। प्रतिदिन तुलसीको केही पत्ता चपाएर खाने गर्नाले रक्तशुद्धि हुनुको साथै सौन्दयवृृद्धि हुन्छ।

–तुलसी पत्रलाई पानीमा उमालेर शरीरको दुखेको भागमा बाफ दिनाले दुखेको ठाउँमा आराम हुन्छ। तुलसीको रस लगाउने लामखुट्टेले टोकेको समेत आराम मिल्छ। विभिन्न अायुर्वेदिक पत्रिकाको सहयोगमा

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..