मलेसियामा रोजगारी : अब ५८ सय रुपैयाँ तिरे पुग्छ

काठमाडौ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५८ सय रुपैयाँ मात्र खर्चिए पुग्ने भएको छ।

नेपाल र मलेसिया सरकारबीच सोमबार काठमाडौंमा भएको द्विपक्षीय श्रम समझदारीमा ‘सरकारलाई बुझाउने श्रमिक कल्याणकारी कोषको एक हजार र बिमाको ४८ सय २५ सबै खर्च रोजगारदाताले बेहोर्ने’ उल्लेख छ।

कामदार पठाउन लाग्ने सेवा शुल्क, आतेजाते हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सरक्षा जाँच खर्च रोजगारदाता कम्पनीबाटै बेहोर्नेगरी मलेसियाले जिम्मा लिएको श्रममन्त्री गोकर्ण विष्टले बताए। मन्त्री विष्टका अनुसार एक कामदार पठाएवापत मलेसियाको रोजगारदाताले नेपाली म्यानपावरलाई कामदारले नेपाली म्यानपावरलाई कादारले पाउने मासिक न्युनतम तलबको ५० प्रतिशत बराबर सेवा बुल्क भुक्तानी गर्नेछ।

मलेसियाले सामान्य कामदारको एक हजार ५० र सुरक्षा गार्डको १५ सय रिंगेट न्यूनतम तलब तोकेको छ। नेपालमा गरिने स्वास्थ्य परीक्ष र सुरक्षा जाँच खर्च भने कामदारले नै बेहर्नुपर्नेछ, जुन मलेसिया पुगेपछि रोजगारदाताले पहिलो महिनाको तलबमै सामेल गरेर फिर्ता गर्नेछ। कान्तिपुर दैनिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..