गायिका बविना किरातीको स्वरमा ‘शुन्य भाछ ’ सार्वजनिक (भिडियोसहित)

संगीतकार डि आर अटुको संगीत तथा गीतकार सुरेन्द्र कार्कि शब्द सिर्जनामा रहेको ‘शुन्य भाछ ’ बोलको गीतको भिडियो बजारमा आएको छ ।

युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।परदेशमा गएका आफना प्रियतमको सम्झनामा मन भित्र चलेको विरहका भावहरुलाई गीतमा समेटेको गायिकाले बताइन । गीतमा राजु कार्किको एरेन्ज रहेको छ ।

विकाश मगरको छायाँकन , विनोद बमको सम्पादन , विजय कुमार बमको निर्देशन भिडियोमा रहेको छ । ‘शुन्य भाछ ’ गीतको भिडियोमा विजय , दिपा र सन्ध्याको अभिनय रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..