तीनवटा प्रदेशमा ३२ अर्बका चिनियाँ गाई

पोखरा । गण्डकीसहित तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ।

चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र ३ मा फार्म खोल्न लागिएको हो। प्रदेश सरकारले गाईपालनका लागि तयारी पूरा भएको भन्दै सहयोगका लागि सम्झौता गर्न पत्राचार गरिसकेको छ। वैदेशिक सहयोग भित्र्याउन संघ सरकारबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ।

गण्डकीको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले दूध तथा दुग्धजन्य पदार्थको ‘हब’ बनाएर प्रदेशलाई आत्मनिर्भर बनाउने योजनाअनुसार मोडेल फार्म सञ्चालन गर्न लागिएको जानकारी दिए।

फार्म प्रदेश दुग्ध विकास बोर्डमार्फत सञ्चालन हुनेछ। बोर्ड गठनका लागि बनाइएको विधेयक प्रदेशसभाबाट पास भइसकेको छ। चाइनिज एकेडेमी अफ एग्रिकल्चर मोर्डनाइजेसन साइन्स बोर्डमार्फत ‘डेमनस्ट्रेसन एरिया अफ मोडेल डेरी फार्मिङ’ सञ्चालन हुने प्रदेश सरकारले जनाएको छ। कान्तिपुर दैनिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..