आँगनमा विवाह हुँदा घरपछाडी भइरहेको थियो घिन लाग्दो काम ! जुन देखेर बेहुला नै बेहोस् !

एजेन्सी,१३ कात्तिक । कुनै एउटा घरमा विवाह हुनु भनेको पुरै गाउँमा उत्सब हुनु हो । एक घरको विवाहमा सबै मानिसहरु भेला हुने गर्छन् । विवाहमा गर्नुपर्ने कामहरु गर्न पुरै गाउँलेहरु एक जुट हुने गर्छन् । एउटा घरको विवाह सम्पन्न गर्न पुरै गाउँलेहरुको साथको आवश्यकता हुन्छ । विवाहमा जन्तीको रेखदेख गर्ने देखि लिएर आफ्नो गाउँमा भएको विवाहलाई सफलताको साथ सम्पन्न गर्न सबै जना जुटेका हुन्छन् ।

तर यो सबै हुँदा हुँदै पनि कुनै कुनै विवाह भने जस्तो हुन सक्दैन् । त्यस्तै भारतको उत्तर प्रदेश ललितपुरको एक घरमा विवाहको कामहरु भइरहेको थियो । त्यहि घरपछाडी केही खराब व्यक्तिहरुले घिन लाग्दो काम गरिरहेका थिए । विवाहको काम चल्दै गर्दा बेहुला पिसाब फेर्नको लागि घर पछाडी जाँदा उनी डरले निकै चिच्याए । त्यहाँ उनकी मामाको छोरी रगताम्य भएर बेहोस अवस्थामा डलेकी थिइन् ।

बेहुला आत्तिएपछि त्यहाँ पुगका मानिसहरुले बेहोस भएकी युवतीलाई अस्पताल पुर्याएपछि थाहा भयोकी युवतीलाई बलात्कारको प्रयास गरिएको थियो । तर असफल भएपछि उनलाई कुटपिट गरेर उनको शरिरभरि चोटै चोट भएको थियो । युवती कक्षा १० मा अध्यनरत विद्याथी हुन् । प्रहरीले घटनाको बारेमा विशेष अनुसन्धान गर्न थालेको छ

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..