राष्ट्रियसभा निर्वाचन गरेर संघीय संसदलाई पूर्ण दिन सबै गम्भीर हौंः यादव

काठमाडौ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गर्दै संघीय संसद्लाई पूर्णता दिन सबैपक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि सञ्चालन गरिएको निर्वाचन सञ्चालन र व्यवस्थापन कार्यक्रमको बिहीबार काठमाडौमा शुभारम्भ गर्दे उहाले यस्तो बताउनुभएको हो ।

संविधानको पूर्ण कार्यान्वय गर्ने सन्दर्भमा राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी घनिभूत ढंगबाट अघि बढाइएको जानकारी उहाले दिनुभयो । प्रमुख निर्वाचन आयुक्त डाक्टर यादवले संघीय संसद्को पूर्णताका लागि हुन लागेको यो निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो ।

यादवले एकल संक्रमणिय प्रणालीको मतगणना केही जटिल हुने भएकाले दलहरुका प्रतिनिधिलाई गणितीय अभ्यास गराइने धारणा राख्नुभयो ।
प्रशिक्षणमा मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशसमेत २३ जनाको सहभागिता छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..