रेखाको फिल्म हेर्न नायिकाको भिड देखियो, रेखालाई प्रशंसाको ओइरो

रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘मालिका’ को च्यारिटी शो बुधबार सम्पन्न भएको छ । महिला र बालबालिकाको लागी निरन्तर काम गरिरहको जोन्टा नामक एक संस्थाले आयोजना गरेको च्यारिटी शोमा देशका विशिष्ट महिला, अधिकारकर्मी र सेलिब्रेटीको उपस्थिति रहेको थियो ।

चलचित्र हेर्ने सबैले चलचित्रले उठाएको कन्टेन्टको तारिफ गरेका छन् । बालविवाह र बलात्कार विरुद्धको कथालाई उठान गरेर निर्माण गरिएको चलचित्र कार्तिक १६ गते शुक्रबारबाट रिलिज हुदैछ । चलचित्रमा जाजरकोटकी १४ वर्षीय कमला वली मुख्य भूमिकामा रहेकी छिन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..