रेलिङ तोड्दै भीरमा रुखमा झुण्डियो कार, ६ दिनपछि जीवितै भेटिइन ड्राइभर महिला

अमेरिकाको एरिजोना प्रान्तमा ५३ वर्षकी एक महिला सडक दुर्घटनाको ६ दिनपछि जीवितै भेटिएकी छिन् । उनको कार सडकछेउको रेलिङ तोड्दै ५० फिट तल भीरको रुखमा अड्किएको थियो । घटनास्थलमा कुनै प्रत्यक्षदर्शी नभएका कारण दुर्घटनाको तत्काल जानकारी प्राप्त हुन सकेन । घटना १२ अक्टोबरको हो तर प्रहरीले यसबारे बुधबार मात्र जानकारी दिएको छ ।

प्रहरीको सेफ्टी डिपार्टमेन्टका अनुसार महिला फिनिक्सको उत्तरदेखि ८० किलोमिटर टाढा बिकेनबर्गमा नेशनल रुट ६०को नजिकैबाट जाँदै थिइन् । त्यही बेला उनको कारले नियन्त्रण गुमायो । १८ अक्टोबरका दिन एरिजोना हाइवेको हेरविचार गर्ने टिमले सडकबाट एउटा गाईलाई हटाउँदै थियो । त्यही क्रममा उनीहरुले सडकछेउमा भाँचिएको रेलिङ देखे । तल हेर्दा रुखमा अड्किएको कार देखियो ।

उद्धार टिमले कारमा कुनै मान्छे देखेन । तर तल पुगेपछि उनीहरुले नदीको किनारमा मान्छेको खुट्टाको छाप देखे । त्यहाँबाट लगभग ४५७ मिटर पर उनीहरुले गम्भीर रुपले घाइते र डिहाइड्रेशनबाट पीडित महिलालाई भेटे । महिला जीवितै थिइन् । प्रहरीले महिलाको पहिचान सार्वजनिक गरेको छैन । महिलाले उद्धार टोलीलाई बताइन् कि उनी केही दिन कारमै रहिन् ।

त्यसपछि हिम्मत गरेर रुखबाट तल ओर्लिन् र रेलवे लाइनतर्फ जाने प्रयास गरिन् । तर चोटबाट अत्याधिक रगत बगेको र खाना केही नभएका कारण अत्याधिक कमजोरीका कारण उनी अगाडि बढ्न सकिनन् । महिलालाई हेलिकप्टरबाट अस्पताल लगियो । पब्लिक सेफ्टी डिपार्टमेन्टका निर्देशक कर्नल फ्रेंक माइल्स्टीडले उद्धार टिमको प्रशंशा गरेका छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..