एक दर्जन कार्यालय तोडफोडपछि धनकुटामा कर्फ्यु

धनकुटा । धनकुटालाई अस्थायी मुकाम नतोकेको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप भएपछि बिहीबार बिहानैदेखि धनकुटा तनावग्रस्त भएको धनकुटामा हिंसात्मक घटना हुने देखिएपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ। बिहीबार मध्यान्हबाट धनकुटा बजारक्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतिले जानकारी दिए।

उनका अनुसार पूर्वमा बिहीबारेहाट, पश्चिममा नगरपालिकाको ढाट, उत्तरमा लोकसेवा क्षेत्रीय कार्यालय, दक्षिणमा चिरबिरे चौतारा बीचको क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको हो।

निषेधित क्षेत्र घोषणा भएपछि सडकमा हिडडुल गर्न पाईदैन्। हिडडुल गरेको भेटिए प्रहरीले पक्राउ गर्न सक्छ। अटेर गरेर प्रदर्शन भएमा प्रहरीले फाईरिङ पनि गर्न सक्ने प्रमुख जिल्ला अधिकारी उप्रेतिले जानकारी दिए।

यसअघि बिहान स्थानीय सरस्वती चौक र मदनचौकमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको थियो। बन्दकर्ता तोडफोडमा उत्रिएपछि सरस्वती चौकमा शसस्त्र प्रहरी र बन्दकर्तावीच झडप भएको हो। शसस्त्र प्रहरीले आन्दोलनकारी माथी अश्रुग्यास र लाठीचार्ज गरेको थियो। आक्रोसित प्रदर्शनकारीले मदनचौकमा प्रहरी प्रमुख सवार गाडी तोडफोड गरेका छन्। प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारी सवार ना.१ झ १३१४ नम्बरको गाडी तोडफोड गरिएको हो। सोहीक्रममा दोहोरो झडप भएको थियो।

यसैवीच बन्दकर्ताले धनकुटामा बिहीबार बिहान तीनवटा मोटरसाईकल तोडफोड गरेका छन्। आन्दोलनकारीले स्थानीय सरस्वती चौकमा को.२९ प ३७५४ र को.३२ प ४४०० नम्बर र यलम्बर चौकमा को.१८ प ७३९३ नम्बरको मोटरसाईकल तोडफोड गरेका हुन्। हजारौंको संख्यामा निश्किएका धनकुटाबासीले ठाउँ–ठाउँमा प्रदर्शन गरिरहेका छन्। बन्दकर्ताहरुले लाठी, मुङ्ग्रासहित सडकमा प्रदर्शन जारी राखेका छन्। आन्दोलन आक्रामक बन्दै गएपछि बजारमा सयौंको संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ।

यसैबीच धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले बिहीबार दुईवटा सरकारी कार्यालयमा आगजनी गरेका छन्। क्षेत्रीय प्रशासन कार्यालय र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासहित प्रदर्शन गर्दै पुगेका प्रदर्शनकारीले सरकारी कार्यालयमा आगो लगाएर प्रदर्शन गरेका हुन्। बिहान प्रहरीले प्रदर्शनकारीलाई लाठिचार्ज गरेपछि उनीहरु आक्रोसित बनेका छन्। आक्रोसित प्रदर्शनकारी तोडफोड र आजगनीमा उत्रिएका हुन्।

सरकारले विराटनगरलाई अस्थायी मुकाम तोकेपछि हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको थियो। राती मसाल जुलुश निकालेर सरकार विरुद्ध प्रदर्शन गरेका धनकुटाका स्थानीयले प्रधानमन्त्रीको राजिनामा माग गरेका छन्। प्रादेशिक राजधानीका लागि ३५ दिनयता निरन्तर आन्दोलन गर्दै आएका धनकुटावासीसीले अनिश्चितकालिन आमहड्ताल जारी राखेका छन। आमहड्तालका कारण बुधबार बिहानैदेखि धनकुटाको जनजीवन प्रभावित भएको छ।

राणाकालमा प्रशासनिक गौंडा हुँदै पछि आएर पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, प्रदेशको केन्द्र भाग, उपयुक्त हावापानी, मजवुत सुरक्षा व्यवस्था, सामर्थ्य, पहिचान रहेको धनकुटालाई छोडेर अन्यत्र प्रादेशिक राजधानी स्वीकार नगरिने अडान राख्दै आएका जिल्लाबासीले धनकुटालाई प्रादेशिक राजधानी घोषणाका लागि जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिदै आएका छन्।

प्रादेशिक राजधानी घोषणाका लागि पटक पटक दबाब दिदै आएका धनकुटाबासीले पछिल्लो तीन सातायता निरन्तर आन्दोलन गरेर प्रादेशिक राजधानी घोषणाको माग गर्दै आएका छन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..