प्रधानमन्त्री ओली बालुवाटार फर्किए

काठमाडौं । छातीको संक्रमणका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्। पाँच दिनको चिकित्सकीय निगरानीपछि उनलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको हो।

गत सोमबार बिहान छातीमा संक्रमण देखिएपछि उनलाई महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको थियो। स्वास्थ्यकै कारण उनी नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन सकेका थिएनन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार एक सातापछि उनी फलो अपका लागि अस्पताल जानेछन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..