
रेलवे स्टेशनमा नयाँ ट्रयाक राख्नका लागि खन्ने काम चलिरहेको थियो। तर कामदारको सामना एक भयानक रहस्यसँग हुन पुग्यो।
यो घटना लण्डनको एक रेलवे स्टेशनको हो। यहाँ खन्ने क्रममा एकपछि अर्को कंकाल निस्किन थाले । केही घण्टामै उक्त स्थानमा करिब १२०० कंकाल फेला परे। त्यसपछि रेलवेको काम रोकेर पुरै क्षेत्र घेरियो। अनुसन्धानपछि उक्त क्षेत्र वर्षौ पुरानो चिहान थियो।
एकपछि अर्को कंकाल निस्किन थालेपछि तत्काल पुरातत्व विज्ञानको टिम बोलाइएको थियो। वैज्ञानिकले जुन कुरा बताए त्यसले धेरैलाई अचम्मित बनाएको थियो। यस क्षेत्रमा ६० हजार अवशेष फेला पर्न सक्ने पुरातत्व वैज्ञानिकले बताए। तर सबै भन्दा ठूलो रहस्य के थियो भने यत्रो मात्रामा यहाँ शव कसरी दफन गरिएको थियो ।
अनुन्धानका अनुसार बर्मिघममा रहेको यस क्षेत्र करिब १० हजार पहिले कुनै सभ्यताको थियो। सुरुवातमा यहाँ २३० वर्ष पहिले इंल्याण्डका व्यक्तिको कंकाल भेटिए। विस्तारै यस क्षेत्रमा निकै पुराना चिहान फेला परे। यस घटनाले विश्भर हलचल मच्चाएको छ। एजेन्सी