पीपीएलः विराटनगरलाई ४ विकेटले हराउँदै चितवन विजयी

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चितवन राइनोजले विराटनगर टाईटन्सलाई हराएको छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा पारस खड्काको चितवनले सन्दीप लामिछानेको विराटनगरलाई ४ विकेटले पराजित गरेको हो । विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४५ रन जोडेको थियो । विराटनगरका लागि मोहमद जायद आलमले ५१ रन जोडे । सुनिल धमला ४७ रनमा आउट भए । चितवनका कप्तान पारस र स्मित पटेलले २/२ विकेट लिए ।

शनिबारको जितसँगै चितवन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने प्रतियोगिताबाट बाहिरीइसकेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..