एकदिनमै खोकी निको पार्ने दालचिनीका यी ६ फाइदा

काठमाडौं । दालचिनीमा औषधीयुक्त गुण पनि हुन्छ । दालचिनी र अलैँची दुबै मिसाएर प्रयोग गर्नाले पाचन क्रियामा र पोषणमा सहयोग गर्छ । दालचिनी विभिन्न रोगको औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । मौसम तथा खानाको गडबढीबाट आकस्मिक रुपमा आइपरेका समस्या समाधान गर्न दालचिनीले सहयोग गर्छ । यसलाई मिलाएर खाना जानेमा दालचिनीका अनेक फाइदा छन् ।

१. वाकवाक लाग्दा– एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने । खासगरी गर्भावस्थामा, मोटर चढेको बेला, गर्मी बढी हुँदा दालचिनी चुस्दा फाइदा हुन्छ ।

२. झाडापखाला लाग्दा– एक चम्चा जिराको धुलो, एक चम्चा अदुवाको धुलो र एक चम्चा दालचिनिको धुलो महमा मिसाएर लेदोजस्तो बनाने, दिनको तीन चोटी एकएक चम्चा खाँदा फाइदा पुग्छ ।

३. मुख गन्हाउँदा– दालचिनीलाई मसिना टुक्रा पारेर एक चम्चा पानीमा भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला गर्ने साथै मुखमा दालचिनी वा सुप राखेर चुस्दा मख गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. सुत्केरीको दूध बढाउन– आधा चम्चा दालचिनीको धुलो राखि एक कप दूधमा मिसाएर खाँदा फाइदा हुन्छ ।

५. खोकी लाग्दा– अदुवाको धुलो र एक चौथाइ चिया चम्चा दालचिनीको धुलो पानीमा पकाउने, पानी उमालेपछि कागती र मह पनि हालेर खादाँ स्वाद बढनुको साथै चिसो हटाउन पनि मद्धत गर्छ ।

६. चिसो लागेर घाँटी दुख्दा– आधा चिया चम्चा दालचिनी र आधा चिया चम्चा मरिच पानीमा मिसाएर उमाल्ने र मह र कागती मिसाएर पिउन घाँटी दुख्न कम हुन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..