सेनेटरी प्याडबारे छानविन गर्न विद्यालयमै छात्रालाई नांगै पारेपछि…

भारतको पञ्जाब राज्यको फाजिल्का जिल्लाको कुन्डल गाउँको एक सरकारी विद्यालयकी शिक्षिकाले छात्राहरुको महिनावारी पत्ता लगाउन ७ र ८ कक्षाकी १५ छात्राको कपडा खोलेर तलाशी लिइन् । यो घटापछि त्यहाँ विवाद उत्पन्न भएको छ ।

खासमा आइतबार आरोपी टीचरले जब गल्र्स विद्यालयको ट्वाइले प्रयोग गरिन्, उनले त्यहाँ सेनेटरी प्याड फेला पारिन् । ट्वाइलेटमा सेनेटरी प्याड देखेपछि उनी रिसले चुर भइन् । यसरी ट्वाइलेटमा प्याड फाल्दा ट्वाइलेटको पाइप अवरोध हुने उनको भनाई थियो ।

आरोपी शिक्षिकाले सेनेटरी प्याडको सहि व्यवस्थापन सिकाउनको साटो कसले यो गरेको हो भन्ने पत्ता लगाउन आवश्यक ठानिन् ।

उनले ७ र ८ कक्षाकी छात्राहरुको कपडा उतारेर छानविन गरिन् । पीडित छात्राहरुले यो घटना आफ्ना आमाबाबुलाई सुनाए ।

त्यसपति यो मामिला स्कुल व्यवस्थापन र जिल्ला प्रशासक एसडीएमसम्म पुग्यो । जब एसडीएम पूनम सिंहले शनिबार सो विद्यालयको अवलोकन गरिन् आरोपी शिक्षिकालाई विद्यालय आउन रोक लगाइयो ।

यो विषयमा तत्काल एक्सन लिँदै मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले शनिबार आरोपी शिक्षिकासहित अन्य अध्यापकको सरुवाको आदेश जारी गरे ।

मुख्यमन्त्रीले यो मामिला गम्भीर भएको भन्दै छानविन गर्न पनि आदेश दिए । उनले शिक्षा सचिब कृष्णकुमारलाई छाविनको आदेश दिँदै सोमबारसम्म प्रतिवेदन दिन भनेका छन् ।

यो घटनापछि अभिभावकहरु स्कुल प्रशासन र आरोपी शिक्षिकाप्रति आक्रोशित बनेका छन् । उनीहरुले १० १२ वर्षका छात्राहरुको बेज्जत गरिएको बताएका छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..