एउटा सेल्फीले हत्यारालाई यसरी जेलको हावा खुवायो

अधिकांश मोबाइल प्रयोगकर्ता फेसबुकमा आफ्नो सेल्फी पोष्ट गर्ने गर्दछन् । यस्तो सेल्फी एक्लै वा आफन्तहरुका साथ हुने गर्दछ । क्यानडामा यस्तै एउटा सेल्फीका कारण एक जना हत्यारा महिला जेलको चिसो छिढीमा पुगेकी छन्।

शायेन एन्टोनीलाई आफ्नै साथी ब्रिट्नी गैरगोलको हत्यामा दोषी पाइएको हो ।अदालतले मार्च २०१४ मा गरेको सुनुवाईमा शायेनलाई सात वर्षको जेल सजाय सुनाएको थियो ।

ब्रिट्नीका हत्याको मुद्दामा प्रहरीलाई शायेनको फेसबुक सेल्फीबाट सुराग प्राप्त भएको थियो । वास्तवमा शायेन र ब्रिट्नीबीच गहिरो मित्रता थियो । दुवै जना एकरात पार्टीका लागि बाहिर निस्किए । उक्त रातको अघिल्लो बिहान प्रहरीले ब्रिट्नीको शव फेला परेको थियो ।

लाससँगै प्रहरीले एउटा बेल्ट पनि बरामद गरेको थियो । जब प्रहरीले ब्रिट्नीको बारेमा शायेनसँग प्रश्न गर्थ्यो उनको जवाफ यस्तो थियो–हामी दुवै एउटा हाउस पार्टीबाट केही बाहिर गयौ । त्यसपछि ब्रिट्नी एक जना अपरिचित व्यक्तिसँग गइने र म आफ्नो अंकललाई भेट्न आएँ ।

प्रहरीलाई शायेनको यो कुरामा विश्वास लागेन । प्रहरीले शायेनलाई हत्यामा संदिग्ध मान्दै अगाडिको जाँच जारी राख्यो । प्रहरीको निगरानी ब्रिट्नी बेपत्ता हुनुभन्दा अघिल्लो दिनको एउटा फेसबुक सेल्फीमा गयो । यो सेल्फीमा शायेन र ब्रिट्नी दुवै थिए । शायेनले यो तस्वीरको क्याप्सनका लेखेकी थिइन्–तिमी कहाँ छौ । तिम्रो बारेमा केही जानकारी पाइरहेको छैन । आशा छ कि तिमी घर सुरक्षित पुग्यौ होली ।

यो तस्वीरमा शायेनले जुन बेल्ट लगाएकी थिइन्, यो त्यही बेल्ट हो जुन प्रहरीले ब्रिट्नीको लाससँगै बरामद गरेको थियो । अब प्रहरीको शंका झनै बढ्यो ।

यसैबीच शोनले पनि साथीको हत्या गरेको आरोप स्वीकार गरेकी छन्। उनले भनेकी छन्–हामी दुवै जना मदिरा सेवन गरिरहेका थियौ, ड्रग्स पनि लिइरहेका थियौ । तब एउटा विषयमा हामीबीच बहस हुन लाग्यो । म मान्दछु कि मैले आफ्नो साथीको गला दबाएर मारेँ । तर, के कसरी भयो, यो मलाई राम्रोसँग याद छैन ।

सेल्फी र उनको स्वीकारोक्तिपछि प्रहरीले शायेनलाई पक्राउ गरेको छ । अदाललतमा पनि शायेनले अपराध स्वीकार गरेकी छन् । वकिलको माध्यमबाट एउटा बयानमा उनले भनेकी छन्–म आफूलाई कहिले पनि माफ गर्ने छैन । मेरो केही भन्नु वा गर्नुले ब्रिट्नीलाई फिर्ता ल्याउन सक्दैन । मलाई साह्रै धेरै दुःख लागिरहेको छ । यो नहुनुपर्ने घटना भयो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..