गायिका शर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा ‘ तिहारै आयो ’

नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ ।

गायिका सर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा सजिएको तिहारको कोशेली ‘ तिहारै आयो ’ गीतको भिडियो बजारमा आएको छ ।

अनिल चन्द घायलको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको हो । तिहारको महत्व भिडियोमा देखाइएको छ । गीतमा मौलिक पनको अधिक प्रयोग गरिएको छ । अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘ तिहारै आयो ’ गीतमा निर्देशक काजिश श्रेष्ठ र साया भण्डारीको नित्य रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..