बलिउड अभिनेत्री दीपिकाले विवाहका लागि किनिन् यति महंगो मंगलसूत्र, कति पर्यो मूल्य ?

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाहका लागि मंगलसुत्र किनेका छन् । बलिउडमा अभिनेता तथा अभिनेत्रीहरुको विवाहको चर्चा चलिरहेका बेला हुन लागेको आफ्नो विवाहका लागि उनीहरुले मंगलसुत्र किनेका हुन् ।

यही नोभेम्बर १४ र १५ मा इटालीमा विवाह गर्ने तयारी गरेको दीपिका र रणवीर दुवैले सामाजिक सञ्जालमा आफ्नो विवाहको कार्ड शेयर गरेका थिए ।

उनीहरुको विवाहको विषयलाई लिएर विभिन्न खबरहरु आइरहेका बेला अहिले दीपिकाले आफ्नो विवाहका लागि मंगलसुत्र किनेकी छन् । भारतीय सञ्चारमाध्यमहरुकाअनुसार उक्त मंगलसुत्रको मूल्य २० लाख भारतीय रुपैयाँ रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..