यति बढ्यो तौल आफैसँग लाग्थ्यो लाज, अचानक भइन् स्लीम, अब चिन्न पनि गाह्रो

इंग्ल्याण्डकी एक दुई बच्चाकी आमाको तौल यति बढ्योकी, उनलाई हिँडडुल गर्न पनि गाह्रो हुन थालेको थियो । तर पनि उनी खानपानमा कुनै कन्ट्रोल गरिरेकी थिइनन् । तर एक दिन यस्तो घटना भयो जसले उनलाइ बदलिन बाध्य बनायो । त्यसपछि उनले तौलमात्र घटाइन्, उनाई चिन्न पनि गाह्रो हुन थाल्यो । उनले आफ्नो तौल करिब ६३ किलो कम गरेकी थिइन् ।

यो कथा इंग्ल्याण्डको स्टेफोर्डशायरकी वासिन्दा महिला साराह जाइल्स (४५) को हो । जसका दुई बच्चा लेवी (२१ र कर्टिस (२६) छन् ।

केही वर्ष पहिलासम्म साराह खापानमा गुलियोको निकै पारखी थिइन् । यहाँसम्मकी उनी एक दिनमा २१ चम्चासम्म चिनी खान्थिन् । अन्टसन्ट खानाले उनको तौल निकै बढ्यो । उनी १५० किलोको पुगिन् । तर पनि उनले खानपिनमा कन्ट्रोल गरिनन् ।

यसैबीच २०१० मा उनी आल्टन टावर नामको थीम पार्कमा गएकी थिइन् । यसैक्रममा उनी रोलर कोस्टर (एक किसिमको झुलुंगो) मा बस्न खोजिरहेकी थिइन् तर सकिरहेकी थिइनन् । खासमा उनी रोलरमा अटाइनन् ।

त्यसपछि उनलाई त्यहाँबाट निकालियो । यो घटनाले निकै शर्माकी साराहले आफ्नो तौल घटाउने प्रण लिइन् । उनलाई आफैसँग लाज लाग्न थाल्यो । यसपछि उनी कसैलाई भेट्न पनि जाँदैन थिइनन् । पछि उनले खानपिनमा कन्ट्रोल गरिन् ।  हजार क्यालोरीसम्म आहार घटाइन् । यसपछि डाइट प्लानमा परिवर्तन गर्दै तौल घटाइन् ।
योबीचमा उनी जिम जान थालिन् बक्सिंग सिकिन । र ६३ किलो तौल घटनाइन् ।

आजभोली उनी स्लीम देखिन्छन् । उनका छोराको तौल पनि १२० किलको नजिकै थियो । आमाबाट इन्सपायर भएर उनले पनि आफ्नो तौल घटाए । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..