भक्तपुर । हत्या गरेको अभियोगमा ओखलढुङ्गा सिस्नेरी– ८ घर भएकी गलैचा कारखानामा काम गर्ने ३० बर्षीय रिता राईलाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–९ ब्रम्हायणी मन्दिर नजिकै भक्तपुर ताथली बस्ने ५५ बर्षीय सिताराम सैंजु बुधबार मृत अवस्थामा फेला परेका थिए ।
घटनाका सम्बन्धमा सोही मन्दिरमा सरसफाई गर्दै पाटीमा बस्दै आएका रामबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा राईले उक्त घटना गरेको बताएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी राईले मादक पदार्थ सेवन गरेका सैंजुले आफुलाई हातपात गर्न खोजेपछि ईट्टा प्रहार गर्दा सैजुको मृत्यु भएको बताइन् । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।